किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

१२६जना द्वारा रक्तदान तथा ५०जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण : किसान साकोसको २९औं स्थापना दिवस असार १५मा सप्ताह व्यापी कार्यक्रम र दिप प्रज्जवलन सहित भव्यताका साथ मनाईयो

June 29, 2024

किसान साकोसको स्थापना दिवसको अवसरमा आयोजीत सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज २०८१ असार १५ गते वृहत खुल्ला रक्तदान कार्यक्रम तथा शैक्षिक सामग्रीहरु वितरण गरि मनाइएको छ । सहज सेवाकेन्द्र गैंडाकोट -४ र कावासोती सेवाकेन्द्र कावासोतीमा गरी दुइई ठाऊँमा आयोजीत कार्यक्रम मध्ये सहज सेवाकेन्द्रमा आयोजीत कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भोजराज पौडेलज्यूले गर्नु भएको थियो भने प्रमुख अतिथी नेफस्कूनका लेखा सुपरिवेक्षण समितिका संयोजक इन्द्रराज ज्योती पौडेलले गर्नु भएको थियो । उक्त कार्यक्रमको सहजीकरण संस्थाका सचिव सरस्वती कंडेलले गर्नु भएको थियो ।

संस्थाका निर्वतमान अध्यक्ष श्रीहरि चालिसेले स्वागत मन्तव्य दिदै किसानले वित्तीय कारोवार मात्र नगरी सामाजिक कृयाकलापहरुमा जोडिदै मानवीय सेवा अन्तर्गत रक्तदान कार्यक्रम र विपन्न सदस्यका छोरा छोरीलाई शैक्षिक सामाग्री वितरण गर्ने कार्य विगत वर्षहरुमा समेत निरन्तर रुपमा यस्ता कृयाकलाप सञ्चालन गर्दै आएको जानकारी गराउनु भएको थियो र सम्पूर्ण उपस्थित अतिथी हरुलाई स्वागत गर्नु भएको थियो ५ वटा सामाजीक संस्थाहरु सहित भएको रक्तदान कार्यक्रम मा ५९ जना रक्तदाताले रक्तदान गर्नु भएको थियो भने २४ जना विद्यार्थी लाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो ।

कावासोतीमा भएको कार्यक्रम अध्यक्षता संस्थाका उपाध्यक्ष एवं स्थापना दिवश कार्यक्रम कार्यदल संयोजक चिन्तामणी कंडेलज्यूले गर्नु भएको थियो भने प्रमुख अतिथी जिल्ला सहकारी संघ नवलपुरका अध्यक्ष तिलक प्रसाद पराजुलीले गर्नु भएको थियो । उक्त कार्यक्रमको सहजीकरण संस्थाका विभागीय प्रमुख प्रेम अधिकारीले गर्नु भएको थियो । कावासोती सेवाकेन्द्र संयोजक सुरेन्द्र एम . सी.ले स्वागत मन्तव्य दिदै सम्पूर्ण उपस्थित अतिथी हरुलाई स्वागत गर्नु भएको संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रम मा ६७ जना रक्तदाताले रक्तदान गर्नु भएको थियो भने २६ जना विद्यार्थी लाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमको अवसरमा नेपाल रेडक्रस सोसाईटि नवलपुरले किसान साकोसको रक्तदान कार्यक्रम २०८० मा सबै भन्दा धेरै रक्त संकलन गरि मानविय सेवा गरेकोले कदर पत्र प्रदान गरेको छ।

सप्ताह व्यापी कार्यक्रम अन्तर्गत सरसफाई कार्यक्रम, ट्राफिक सचेतना कार्यक्रम, कर्मचारी मैत्री व्याडमिन्टन प्रतियोगिता, अन्तरसेवा केन्द्र स्तरीय कर्मचारी हाजीरी जवाफ प्रतियोगिता र रक्तदान कार्यक्रम तथा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम एवं सेवाकेन्द्रहरुमा दिप प्रज्जवलन गरि सम्पन्न भएको छ ।

July 6, 2024 @ 5:01 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram