किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

"समृद्ध सदस्य, दिगो साकोस"

परिकल्पनाका साथ आज भन्दा २६ वर्ष पहिले गैंडाकोट-८ स्थित अग्रजहरुको अभियानमा २०५२ साल असार १५ गते स्थापित यस किसान साकोस हाल नवलपरासी  (व.स.पू) चितवन र तनहुँ आफ्नो कार्यक्षेत्र बनाई २६वटा सेवाकेन्द्र मार्फत वित्तिय एवं गैह्र वित्तिय सेवा प्रदान गर्दै आएको सर्वविदितै छ।

"किसानको शान, एकिकृत सहकारी सेवाको अभियान" भन्ने अभिप्रायका साथ १००० समूह मार्फत महिला सशक्तिकरणका लागि वहाँहरुमा आर्थिक एवं अन्य सहभागिता मार्फत ८०००० भन्दा बढी सदस्यहरुलाई कोरोना संक्रमणका विच सदस्य राहत कार्यक्रम, सदस्य पुनर्उत्थान कर्जा लगानी, अत्यावश्यक घर दैलो सेवा प्रदान गर्दै आईरहेका छौं। विभिन्न समयमा लिईएका लक्ष्यहरुको उच्चतम प्राप्ति गर्न सफल रहेको सगौरव अवगत गराउँदछु।

संस्थाको वित्तिय दिगोपनाको लागि वित्तिय सूचकको स्तर निर्धारण गरि वित्तिय सुचकको स्तर निर्धारण गरि वित्तिय संरचना निर्धारण गर्दै सदस्यहरुलाई उद्यमशिलता विकास गर्न सहकारी सिद्धान्त र अत्याधुनिक प्रविधिमा आधारित वित्तिय एवं अन्य सेवा प्रदान गर्ने ध्येयका साथ मुलत: वित्तिय सक्षमता, गुणस्तरिय र उत्कृष्ट सेवा, कुशल एवं प्रतिस्पर्धी संचालक, सक्षम नेतृत्व र क्षमतावान कर्मचारीको रणनैतिक उद्देश्यहरु निर्माण गर्दै संस्थाको अवसर वाधा कम्जोरी शक्ति विश्लेषण मार्फत आगामी ५ वर्षको लागि संस्थालाई डोहोर्याउने गोरेटो रणनैतिक योजना निर्माण गरि सहकारी मुल्य मान्यतामा आधारित सेवा प्रदान गर्ने प्रतिवद्धताका साथ योजना कार्यन्वयनमा लागि रहेका छौं। जसको सफलता र शतप्रतिशत लक्ष्य प्राप्तिका लागि सम्पूर्ण शेयर सदस्य, संचालक समिति, व्यवस्थापन, सबै सरोकारवाला संबद्ध सबैको सक्रिय सहभागिता, सहयोग समन्वय र योगदानको जरुरी रहेको कुरा सम्पूर्ण सदस्यज्यूहरुमा आशा र भरोसाका साथ सगौरव प्रस्तुत गर्न चाहन्छु।

अन्त्यमा समृद्ध सदस्य दिगो साकोस परिकल्पना पुरा गर्ने लिईएका जिम्मेवारी, "हामी गर्न सक्छौ, हामी तयार छौं" भन्ने प्रतिवद्धता एवं कर्तव्यवोधका साथ पुरा गरिएको आगामी वर्षका कार्यक्रममा संस्थाको रणनैतिक योजनामा निर्दिष्ट, दिर्घकालिन र अल्पकालिन उद्देश्यहरु पुरा गरि संस्था निर्देश अनुरुप अगाडी बढेको सम्पुर्ण शेयर सदस्य महानुबागहरुको अगाडी प्रण गर्दै, कोभिडका कारण गर्न नसकिएका केही कार्यक्रमहरुलाई पनि निरन्तरता दिँदै यस संस्थालाई प्रत्यक्ष परोक्ष रुपमा सहयोग, समन्वय, दिशानिर्देश गर्ने सरकारी नियमन निकाय सहकारी विभाग, राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून, प्रदेश तथा स्थानिय निकाय, जिल्ला स्थित छाता संगठनहरु, शेयर सदस्य, शुभचिन्तक सम्पुर्णमा संस्थाको तर्फबाट हार्दिक कृतज्ञता ज्ञापन, धन्यबाद एवं आभार व्यक्त गर्दछु।

धन्यबाद। जय सहकारी। जय किसान


April 25, 2024 @ 3:23 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram