किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

संस्थाको ऐतिहासिक पृष्ठभूमि

२०५२ साल आषाढ १५ गते महिला ६ जना र पुरुष १९ जना गरी २५ जना सदस्यहरुको भेलावाट सदस्यहरुलाई आफूले आर्जन गरेको आयवाट नियमित रुपमा बचत गर्न उत्प्रेरित गर्ने र संकलन भएको पूँजी तथा रकमबाट उत्पादनमूलक तथा आवश्यकता टार्न उचित व्याजदरमा सरल र सुलभ तरिकाले ऋण प्रवाह गरी सदस्यहरुको सामाजिक तथा आर्थिक अवस्था सुधार गर्ने मूख्य उद्देश्यकासाथ सहकारी ऐन २०४८ र सहकारी नियमावली २०४९ अन्तरगत २०५३ साल जेष्ठ १ गते जिल्ला सहकारी कार्यलय नवलपरासीमा विधिवत दर्ता भएको हो।

सहकारी संस्थाको संख्यात्मक भन्दा गुणात्मक वृद्धी गरौ भन्ने भावनालाई आत्मसाथ गर्दै मिति २०५९ पौष ३० गतेका दिन जिल्ला सहकारी कार्यालय नवलपरासीमा विधिवत दर्ता भई आफ्नो कार्य संचालन गर्दै आएको गैंडाकोट गा.वि.स. वडा नं. ३ स्थित श्री पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था लि. लाई सहकारी ऐन २०४८ अनुसार विधिवत एकिकरण गरिएको थियो भने आ.व. ०६५/०६६ मा गैंडाकोट गाविस वडा नं. २ स्थित भृकुटी कागज कारखानामा कार्यरत कर्मचारीहरुवाट संचालित बचत कार्यक्रमलाई यसै संस्थामा समाहित गरि सेवा प्रदान गरिएको छ। यसै गरि गैडाकोट गाविस वडा नं. २ स्थित अन्नपूर्णा बहुउद्देश्यीय सहकारी संस्थालाई यसै संस्थाको १६ औ वार्षिक साधारण सभाको शुभ-अवसरमा एकिकरण गर्ने निर्णय गर्नुको साथै मिति २०६८ पौष २७ गते डिभिजन सहकारी कार्यालय नवलपरासीबाट उक्त संस्थाको सम्पूर्ण पूँजी तथा दायित्व यसै संस्थामा समाहित गरी एकिकृत सेवा प्रदान गरिएको छ।

परिकल्पना

“समुदायमा आधारित गुणस्तरीय र दीगो वित्तिय सेवा प्रदायक एक उत्कृष्ट साकोस”

ध्येय

सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्थामा सुधार गर्न गुणस्तरीय, अत्याधुनिक प्रविधियुक्त ,प्रतिस्पर्धी, सर्वशुलभ, वित्तिय तथा अन्य सेवा उपलब्ध गराउने।

उद्देश्यहरु

सदस्यहरुको सामाजिक र आर्थिक हितलाई ध्यानमा राखी देहायमा उल्लेख भए बमोजिमका काम कारबाही गर्नु संस्थाको उद्देश्य हुनेछ।

क) संस्थामा सलग्न समुदायका सदस्यहरु बीच स्वावलम्बन, पारस्परिक सहयोग एवं मितव्ययिताको अभिबृद्धि गरी नियमित बचत गर्ने बानी प्रबर्द्धन गर्ने।

ख) नियमित रुपमा सदस्यहरुबाट निक्षेप संकलन गर्नुका साथै उनीहरुले जम्मा गरेको निक्षेपमा आकर्षक व्याज प्रदान गर्ने।

ग) उत्पादनशील, आयमूलक, सीपमूलक,व्यावशायिक उद्देश्यका लागि सदस्यहरुलाई उचित व्याज दरमा ऋण प्रदान गर्ने।

घ) आत्म निर्भरता तथा आत्मविश्वास वृद्धि गर्न सदस्यहरुलाई उत्प्रेरित गर्ने।

ङ) सदस्यहरुको आर्थिक अवस्थामा सुधार गर्न सक्ने किसिमका तालिम तथा परामर्श उपलव्ध गराउने

च) जिल्ला तथा केन्द्रीय छाता संगठनहरुकोे सदस्यता ग्रहण गर्दै अन्तराष्ट्रिय र संघ संगठनहरु संग सम्वन्ध विस्तार गर्ने।

ज) दातृसंस्थाहरुबाट कुनै शर्त नराखी प्राप्त हुने चन्दा तथा अनुदान स्वीकार गर्ने। तालिम संचालन गर्ने, प्रशिक्षक उत्पादन गर्ने।

झ) आफ्नो उद्देश्य पूरा गर्नका लागि समान उद्देश्य भएका स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थ्ााहरुसँग सहयोगात्मक भावना राख्ने।

ञ) सदस्यहरुको समृद्धि र विकासको अधिकतम हितलाई ध्यानमा राखी सहकारी ऐन नियमहरु र यस संस्थाको विनियममा व्यवस्था भएबमोजिम दैनिक कार्य सञ्चालनका साथै चल अचल सम्पत्ति आर्जन गर्ने, क्रय विक्रय गर्ने, विनिमय गर्ने, हस्तास्तरण गर्ने, धरौटी राख्ने, धितो बन्धक राख्ने, आदि कार्य गर्ने।

ट) सदस्यहरु तथा संस्थागत विकासका लागि आय आर्जन परियोजना सञ्चालन गर्ने।

ठ) समाजका कमजोर वर्ग र निम्न आय भएका व्यक्ति वा समूहको आर्थिक सामाजिक उत्थानमा सहयोग पुर्याउने।

ड) सेवाकेन्द्र संचालनमा ल्याउने।

ढ) सदस्यहरुलाई गुणस्तरीय वित्तिय सेवा प्रदान गर्न अत्याधुनिक प्रविधिहरुलाई अबलम्बन गर्दै जाने।

ण) सदस्यहरुको चाहना तथा आवश्यकतामा आधारित बचत तथा निक्षेपमा विविधीकरण गर्ने।

त) संस्थामा तरलता तथा लगानी योग्य रकम कम भएको अवस्थामा तरलता व्यवस्था गर्न तथा सदस्यहरुको ऋण आवश्यकता पुरा गर्न अन्य संघ संस्थाबाट ऋण लिने ।

थ) मुद्रा विप्रेषण (रेमीटेन्स) को कार्य गर्ने।

April 25, 2024 @ 3:23 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram