मिति २०८१ श्रावण ०९ गतेका दिन किसान बचत तथा ऋण सहकारी संस्था लि. र भरतपुर सेन्ट्रल हस्पिटल प्रा.लि. बिच संस्थाका अध्यक्ष श्री भोजराज पौडेल र अस्पतालका कार्यकारी अध्यक्ष अमृत कुमार राज भण्डारीले किसान साकोसका शेयर सदस्य र सदस्यका परिवारलाई स्वास्थ्य उपचार छुट प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ।
किसान साकोसका शेयर सदस्य र सदस्यका परिवारहरुलाई ओपिडी टिकट, अप्रेशन शुल्क, ल्याव परिक्षण, बेड शुल्क, फिजियोथेरापी, डेन्टल र अन्य सम्पूर्ण परिक्षणमा २५ प्रतिशत छुट तथा औषधी खरिदमा ७ प्रतिशत र पूर्ण शरिर परिक्षणमा ३५ प्रतिशत छुट पाउने गरि स्वास्थ्य उपचार छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । सदस्यहरुले किसानको सदस्यता खुल्ने पासवुक, चेकवुक, एटिएमकार्ड तथा मोवाईल बैकिंङ्ग देखाएर सो सुविधा लिने सकिने छ।
सम्झौतामा संस्थाको तर्फबाट सचिव श्री सरस्वती कंडेल, प्रमुख कार्यकारी अधिकृत श्री जीवलाल तिवारी र अस्पतालको तर्फबाट सञ्चालक सदस्य डा. सूर्यज्योती श्रेष्ठ र प्रमुख प्रशासकिय अधिकृत शोभाखर घिमिरे समेत सहभागी हुनु भएको थियो ।