राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त गर्न सफल यस किसान बचत तथा ऋण सहकारी संस्था लि. अन्तर्गतका सेवाकेन्द्रहरुको आ.व. ०८१-८२को "आन्तरीक लेखा परीक्षण कार्यविधि २०७९" बमोजिम लेखा परिक्षण गर्नका लागि मान्यता प्राप्त ईच्छुक कम्तिमा ख श्रेणीको रजिष्टर्ड लेखा परिक्षकहरुले मिति २०८१-०५-१३ गते भित्र सुचिकृतको लागि तपसिल वमोजिमका प्रमाणपत्रहरुका साथै लेखा परिक्षण शुल्क भ्याट सहित स्पष्ट तोकी संस्थामा निवेदन पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराईन्छ।
आवश्यक कागजातहरु:
१. दर्ता प्रमाण पत्रको प्रतिलिपी
२. पेशागत प्रमाणपत्रको प्रतिलिपी
३. भ्याट दर्ताको प्रमाण पत्र प्रतिलिपी
४. पछिल्लो आ.व.को करचुक्ता प्रमाण पत्रको प्रतिलिपी
५. चार्टड / एकाउण्टेण्ट / कम्पनी / एसोसियट्स / फर्मको फाईल