किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

किसान साकोस र पुरानो मेडिकल कलेज - कलेज अफ मेडिकल साईन्सेस भरतपुर बिच स्वास्थ्य उपचार छुट सम्बन्धी सम्झौता

September 26, 2024

मिति २०८१ असोज १० गतेका दिन किसान बचत तथा ऋण सहकारी संस्था लि. र कलेज अफ मेडिकल साईन्सेस (पुरानो मेडिकल कलेज) भरतपुर बिच संस्थाका अध्यक्ष श्री भोजराज पौडेल र अस्पतालका उपनिर्देशक प्राध्यापक डाक्टर राजेश कुमार यादवले किसान साकोसका शेयर सदस्य र सदस्यका एकाघर परिवारलाई स्वास्थ्य उपचार छुट प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ।

किसान साकोसका शेयर सदस्य र सदस्यका एकाघर परिवारहरुलाई ओपिडी टिकट, अप्रेशन शुल्क, ल्याव परिक्षण, बेड शुल्क, X-Ray, USG (Video X-Ray / Ultra Sound) र अन्य सम्पूर्ण परिक्षणमा २० प्रतिशत छुट पाउने गरि स्वास्थ्य उपचार छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

डायबिटिज सुगरका विरामीहरुलाई अस्पतालको डायबिटिज किलिनिकमा डायबिटिज जाँच तथा परामर्श सेवा निशुल्क उपलब्ध गराईने छ।

असपतालको ओपिडि काउण्टर कोठा नंबर ८ मा सदस्यहरुले किसानको सदस्यता खुल्ने पासवुक, चेकवुक, एटिएमकार्ड तथा मोवाईल बैकिंङ्ग प्रोफाईल टिकट लिनु अगाडी काउण्टरमा देखाई दर्ता गरि सुविधा लिने सकिने छ। एकाघर परिवारको सदस्यको हकमा नाता प्रमाणीत हुने कागजात वा परिचयपत्र अनिवार्य प्रस्तुत गर्नु पर्नेछ।

सम्झौतामा संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री जीवलाल तिवारी, ऋण विभाग प्रमुख एकराज सुवेदी, समृद्धि भरतपुर सेवाकेन्द्र ईन्चार्ज योगन्द्र न्यौपाने र अस्पतालको तर्फबाट अस्पतालका जनसम्पर्क तथा बजार विभाग प्रमुख दुर्गा न्यौापने समेत सहभागी हुनु भएको थियो ।

समाचार कभरेज:

October 4, 2024 @ 4:58 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram