किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

नारायणी सामुदायीक अस्पतालको किसान साकोसका सदस्यहरुलाई स्वास्थ्य उपचार छुट सम्झौता नविकरण

October 2, 2024

मिति २०८१ असोज १६ गतेका दिन किसान बचत तथा ऋण सहकारी संस्था लि. र नारायणी सामुदायीक अस्पताल, भरतपुर बिच किसान साकोसका शेयर सदस्य र सदस्यका एकाघर परिवारलाई स्वास्थ्य उपचार छुट प्रदान गर्ने सम्बन्धी सम्झौता पत्र नविकरण भएको छ।

किसान साकोसका शेयर सदस्य र सदस्यका एकाघर परिवारहरुलाई ओपिडी टिकट, अप्रेशन शुल्क, ल्याव परिक्षण, बेड शुल्क र अन्य सम्पूर्ण परिक्षणमा १७ प्रतिशत छुट पाउने गरि स्वास्थ्य उपचार छुट सम्बन्धी सम्झौता नविकरणमा गरिएको छ ।

किसान साकोसका सबै सेवाकेन्द्रहरुमा एनपिआईको स्वास्थ्य सेवा छुट कार्ड सदस्यहरुले निशूल्क प्राप्त गर्न सकिनेछ। टिकट लिनु अगाडी काउण्टरमा छुट कार्ड देखाई सुविधा लिने सकिने छ। एकाघर परिवारको सदस्यको हकमा नाता प्रमाणीत हुने कागजात टिकट काउण्टरमा माग भएको खण्डमा अनिवार्य प्रस्तुत गर्नु पर्नेछ।

October 4, 2024 @ 4:58 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram