किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

लेखा परिक्षक सुचिकृत गर्ने सम्बन्धमा

October 4, 2024

यस किसान बचत तथा ऋण सहकारी संस्था लि.को चालु आ.व. २०८१-८२को नेपाल प्रतिवेदनमान (Nepal Financial Reporting Standard - NFRS) का आधारमा बाह्रय लेखा परिक्षण गर्नका लागि चार्टड एकाउन्टेन्ट आवश्यक भएको हुँदा ईच्छुक फर्म वा कम्पनीले लेखा परिक्षण शुल्क (भ्याट सहित) र अन्य शुल्क लाग्ने भए सो समेत स्पष्ट उल्लेख गरी निम्न अनुसारका आवश्यक कागज सहित मिति २०८१ असोज ३० गते भित्र संस्थाको केन्द्रिय कार्यालयमा वा संस्थाको आधिकारीक ईमेल मार्फत प्रस्ताव पेश गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।

आवश्यक कागजातहरु:
१. व्यवसाय दर्ता प्रमाण पत्र र नविकरणको प्रतिलिपी
२. स्थायी लेखा नं प्रमाण पत्रको प्रतिलिपी
३. करचुक्ता प्रमाण पत्रको प्रतिलिपी
४. फर्म वा कम्पनी प्रोफाईल
५. फर्म वा कम्पनीमा संलग्न मानव संसाधनको विवरण
६. लेखा परिक्षणको लागि योग्य भएको स्वघोषणा पत्र

कार्यविवरण:
१. संस्थाको आ.व. २०८१/२०८२को लेखापरिक्षण गरी प्रारम्भीक तथा अन्तिम प्रतिवेदन पेश गर्ने।
२. कर योजना तथा परिक्षणमा सहयोग गर्ने।
३. विद्यमान ऐन नियमावली अनुसार सुधार तथा संसोधनका लागि सुझाव पेश गर्ने।

मिति: २०८१/०६/१८
च.न.: ८३३्/८१/०८२

October 4, 2024 @ 4:58 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram