किसान बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनमा यहि मिति २०८१ साल कार्तिक ११ र १२ गते संस्थाका २४ वटै सेवाकेन्द्रलाई समेट्ने गरि २९ औं साधरण सभाको पूर्वसन्ध्यामा सञ्चालित गरिएको १८ वटा विस्तारीत मञ्च कार्यक्रम सम्पन्न भएको छ ।
५००० भन्दा बढी शेयर सदस्यको उपस्थितिमा सम्पूर्ण सेवाकेन्द्रहरुमा सञ्चालक समितिका पदाधिकारी, गठीत विभिन्न उपसमितीका सदस्य, सेवाकेन्द्र व्यवस्थापन उपसमिती, समुह संरचना कार्यक्रम उपसमितीका सदस्यहरु, कर्मचारीहरुको समेत सहभागीतामा संस्थाको वर्तमान वित्तीय अवस्था, आ.व. ०८१/०८२ का लागि नीति तथा कार्यक्रमहरु माथी छलफल, सदस्यहरुका प्रतिक्रिया र सुझावहरुलाई संकलन गर्दै उल्लेखित विषयवस्तुहरु समेट्दै थप रणनीतिहरु तय गर्दै २ दिने विस्तारीत मञ्च कार्यक्रम सम्पन्न गरिएको छ ।
किसान साकोसको ईकाई साधारण सभा यही मिति २०८१ कार्तिक २४ गते गैंडाकोट एग्रोमार्ट परिसर र थारु राष्ट्रिय संग्राहलय डण्डामा आयोजना हुने जानकारीकोलागि अनुरोध छ।