किसान बचत तथा ऋण सहकारी संस्थाको एकाईगत २९ औं साधारणसभा एकाई नं. १ को गैंडाकोट-४, एग्रोमार्ट परिसर र एकाई नं. २ को थारू राष्ट्रिय संग्राहलय परिसर, डण्डा बजार, कावासोती-१६मा सदस्यहरुको उल्लेख्य सहभागिताको साथ सम्पन्न भएको छ ।
किसान साकोसको विजयनगर, हिमचुली, मुकुन्दपुर, हर्कपुर, अमरापुरी, समृद्धि भरतपुर, सप्तरङ्गी, सौहार्द, सहज, सप्तगण्डकी र नारायणगढ सेवाकेन्द्रहरु अन्तर्गत एकाई १को साधारण सभा संस्थाका अध्यक्ष श्री भोजराज पौडेलज्यूको अध्यक्षता तथा प्रमुख आतिथ्यता गैंडाकोट नगरपालिकाका प्रमुख श्री मदनभक्त अधिकारीज्यूले गर्नुभएको थियो।
२९औं साधारण सभामा निवर्तमान अध्यक्ष तथा संचालक समिति सदस्य श्रीहरि चालिसेले स्वागत मन्तव्य व्यक्त गर्दै वर्तमान अवस्थाको विषम परिस्थितिका वाबजुद पनि किसान साकोसको सदस्य केन्द्रित सेवाहरुले सदस्यहरुको मन जितेको हुनाले ९०हजार सदस्यहरुले संस्थालाई अगाध माया र कारोबारद्वारा साथ दिई किसान साकोसलाई अडिग र भरपर्दो सहकारीको रुपमा उभ्याईदिनु भएकोमा धन्यबाद दिनुभएको थियो ।
संस्थाका सहसचिव दुर्गा चालिसेले आर्थिक वर्ष २०८०/८१को प्रगति प्रतिवेदन र प्रस्तावित नीति तथा कार्यक्रमहरुको बारेमा सभामा जानकारी गराउनु भएको थियो ।
सभामा संस्थाका कोषाध्यक्ष राजेन्द्र गौतमले आर्थिक वर्ष २०८०/८१ को आर्थिक प्रतिवेदन एवं २०८१/८२ को प्रस्तावित लक्ष्य तथा बजेट प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदनमा चालु आर्थिक वर्षको कुल सम्पती ३ अर्व ८० करोड ६५ लाख ६८ हजार १ सय १७ रुपैयाँ रहेको व्यहोरा जानकारी गराउदै संस्थाले गत आर्थिक वर्षको सेयर पुंजी रू ३४ करोड ७६ लाख १६ हजार ९ सयलाई बढ़ाएर चालु आर्थिक बर्षमा ४० करोड ४६ लाख ३०हजार पुर्याउने लक्ष्य रहेको व्यहोरा र अन्य वित्तिय प्रतिवेदनका बारेमा जानकारी गराउनु भएको थियो ।
एकाई १को २९औं साधारण सभामा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन समितिका सदस्य श्री विष्णु प्रसाद सापकोटाले प्रस्तुत गर्नु भएको थियो ।
प्रमुख अतिथि मदनभक्त अधिकारीले सहकारी क्षेत्रमा किसान साकोसले राम्रो गरेको र सरकारी निकायहरुले सहकारी क्षेत्र र सदस्यलाई सहजता प्रदान गर्ने कार्य गरिरहेको बताउनु भयो।
शेयर सदस्य तथा जेष्ठ नागरिकका तर्फबाट जेष्ठ नागरिक समिति सदस्य नारायण प्रसाद तिवारी संस्थाहरुको तर्फबाट विनायक कृषी सहकारी संस्था अध्यक्ष तिलक प्रसाद कंडेल, गैंडाकोट वडा ५ का वडा अध्यक्ष रत्न प्रसाद सापकोटा र संस्थाका निवर्तमान कोषाध्यक्ष एवं गैंडाकोट ८ का वडा अध्यक्ष प्रेम सापकोटाले आफ्नो शुभकामना राख्नुभएको थियो।
साधारण सभामा संस्थाका अध्यक्ष श्री भोजराज पौडेलले "किसानको शान एकिकृत सहकारी सेवाको अभियान" भन्ने अभिप्रायका साथ स्थानिय स्तरमा रहेका २४ वटा सहकारी संस्थाहरुलाई एकिकरण गरि सहकारी अभियानलाई नै मार्गदर्शक रूपमा चिनाउन संस्था सफल भएकोमा थप सहकारीहरु संग एकिकरण छिट्टै गरिने बताउनु भयो। किसान साकोसले ३ प्रदेशका ४ वटा जिल्लाहरुमा ९० हजार सेयर सदस्यमार्फत करिब ४ अर्ब पूँजी परिचालन गर्न सफल भएको बताउनु भयो। कार्यक्रमको सञ्चालन समूह संरचना तथा कार्यक्रम विभाग प्रमुख प्रेम प्रसाद अधिकारीले गर्नुभएको थियो।
किसान साकोसको जनमुखी, पञ्चदृष्टि, कावासोती, संबृद्धि, कुनाको, पञ्चवटी, अरुणखोला, दुम्कीबास, सर्दी, भविष्यनिर्माण, देवज्योति, पिठौली र विष्णुनगर सेवाकेन्द्रहरुको थारु राष्ट्रिय संग्राहलय परिसर, डण्डा बजार, कावासोती-१६मा आज भएको एकाई २ अन्तर्गतको २९औं साधारण सभामा कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भोजराज पौडेलज्यूले गर्नु भएको थियो भने प्रमुख आतिथ्यता विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष श्री घनश्याम गिरिज्यूले गर्नु भएको थियो।
एकाई २को कार्यक्रममा स्वागत मन्तव्य संबृद्धि सेवाकेन्द्रका संयोजक गोपाल श्रीपालीले गर्नु भएको थियो भने संस्थाका सचिव सरस्वती कंडेलले प्रगति प्रतिवेदन र प्रस्तावित नीति बारे जानकारी दिनुभएको थियो। लेखा विभाग प्रमुख अर्जुन पौडेलले आर्थिक प्रतिवेदन तथा प्रस्तावित लक्ष्य तथा बजेटबारे जानकारी दिनुभएको थियो। लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संस्थाको लेखा सुपरिवेक्षण समिति सदस्य प्रकाश खनालले जानकारी दिनुभएको थियो।
प्रमुख अतिथि घनश्याम गिरिले सहकारी विषयक नकारात्मक हल्लाहरुका पछि नलागी, विषम परिस्थितीमा रहनुभएका सदस्यहरुले संस्थामा सम्पर्क गरि समाधान खोज्ने र किसान साकोस जस्तो संस्थाहरुले यस्ता अफवाहहरुलाई आफ्नो सेवाले चिर्ने काम गरेकोमा धन्यबाद दिनुभयो।
कार्यक्रममा संचालक समिति सदस्य रेशमलाल सापकोटाले साधारण सभामा सदस्यज्यूहरुको उल्लेखनिय सहभागिताको लागि धन्यबाद दिँदै आफ्नो मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन संस्थाको सचिव सरस्वती कंडेलले गर्नुभएको थियो।
यसै कार्यक्रमका बीच संस्थाका सेवा केन्द्रका जेष्ठ नागरिक सम्मान, उत्कृष्ट कारोबार कर्ता, उत्कृष्ट बाल बचत कर्ता र उत्कृष्ट महिला समुहलाई पुरस्कार वितरण तथा सम्मान गरिएको थियो भने कर्मचारीहरु, बाल सदस्यहरु र महिला समूहहरुको सास्कृतिक प्रस्तुती रहेको थियो।
एकाईगत २९औ साधारणसभामा संचालक समिति सदस्यहरु, लेखा सुपरिवेक्षण सिमित सदस्यहरु, पूर्व अध्यक्षहरु, सेवाकेन्द्र व्यवस्थापन उपसमिति संयोजक र सदस्यहरु, उपसमिति सदस्यहरु, नगर प्रतिनिधिहरु, संघ-संस्थाका प्रतिनिधिहरु, प्रमुख कार्यकारी अधिकृत, पूर्व प्रमुख कार्यकारी अधिकृत लगाएत कर्मचारीहरुको उपस्थिति रहेको थियो।
एकाइहरुको साधरण सभामा विविध प्रस्ताव उपर बृहत छलफल गरी उक्त प्रस्ताव सर्वसम्मत पारीत गर्दै, एकाइहरुको माइन्यूट प्रमाणीकरणका लागी प्रतिनिधिहरुको नामावली संकलन गर्दे, आज सम्पन्न गरेको एकाईहरुको २९औं साधारण सभाबाट प्रतिनिधीको रुपमा चयन भएका प्रतिनिधीहरुबाट यहि मंसिर १ गते साधारण सभामा माईन्यूट प्रमाणित कार्यक्रम सम्पन्न गर्ने साधारण सभा तयारी उपसमितिका संयोजक एवं संस्थाका उपाध्यक्ष चिन्तामणी कंडेल (सिआर)ले जानकारी दिनुभयो।