किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

किसान साकोसको२९औँ वार्षिक साधारण सभा एवं निर्णय पुस्तिका प्रमाणीकरण समारोह सम्पन्न

November 16, 2024

किसान बचत तथा ऋण सहकारी सस्था लि. गैंडाकोटको २९औं वार्षिक साधारणसभा तथा निर्णय पुस्तिका प्रमाणीकरण कार्यक्रम मंसिर १ गते गैंडाकोट-२ स्थित नारायणी होटेलको सभाहलमा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष श्री भोजराज पौडेलज्यूको अध्यक्षता र नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष श्री दामोदर अधिकारीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
कार्यक्रममा ईकाइ स्तरिय साधारण सभाले पारीत गरेका निर्णयहरुलाई प्रस्तुत गरीएको थियो । उपस्थित सदस्यज्यूहरुको माझ साधारण सभामा प्रस्तुत सबै विषयहरु तथा निर्णयहरु तालिका गढगढाहट संगै पारित एवं अनुमोदित भएको छ।

कार्यक्रममा साधारण सभा तयारी उपसमितिका संयोजक एवं संस्थाका उपाध्यक्ष चिन्तामणी कंडेल (सिआर)ले विषेश निर्णय पुस्तिका प्रामाणीकरणको लागि सहभागि शेयर सदस्यज्यूहरुलाई सम्मान एवं सबैलाई स्वागत गर्नुभएको थियो। ९०हजार सदस्य रहेको किसान साकोसको चालु आर्थिक वर्षको कुल सम्पती ३ अर्व ८० करोड ६५ लाख ६८ हजार १ सय १७ रुपैयाँ रहेको व्यहोरा जानकारी गराउदै संस्थाले गत आर्थिक वर्षको सेयर पुंजी रू ३४ करोड ७६ लाख १६ हजार ९ सयलाई बढ़ाएर चालु आर्थिक बर्षमा ४० करोड ४६ लाख ३०हजार पुर्याउने लक्ष्य रहेको जानकारी गराउनु भएको थियो । स्वागत मन्तव्य व्यक्त गर्दै किसान बचत तथा ऋण सहकारी संस्था लि. विसं २०५२ सालमा साबिक गैँडाकोट आदर्श गाविस निवासी न्यून आय भएका किसानहरुले राष्ट्रिय धान दिवसको अवसरमा भेला भई आफूले आर्जन गरेको आयबाट नियमितरुपमा बचत गर्न उत्प्रेरित गरी संकलन भएको पुँजी तथा रकमबाट उत्पादन तथा आफ्नो आवश्यकता टार्न सरल र सुलभ तरिकाले कारोबार गर्न सहकारी सिद्धान्त, मूल्यमान्यतामा आधारित सहकारी संस्था रहेको बताउनु भयो।

कार्यक्रममा समिति सदस्यहरु, १० वर्ष निरन्तर सेवारत कर्मचारीहरु, विभिन्न विधामा उत्कृष्ट सेवाकेन्द्र र कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

वर्ष उत्कृष्ट कार्यालय सहयोगी शर्मिला पोख्रेल, वर्ष उत्कृष्ट सुरक्षा गार्ड राम बहादुर खत्री, वर्ष उत्कृष्ट बजार प्रतिनिधि रिता लामिछाने, वर्ष उत्कृष्ट समुह परिचालक ज्योति गुरुङ्ग सिं र रिजा गुरुङ्ग, वर्ष उत्कृष्ट बचत सहायक रेश्मा गुरुङ्ग र दिपा महत्तो, वर्ष उत्कृष्ट कर्मचारी ऋण तर्फ विष्णु बस्याल पाण्डे, १० वर्ष निरन्तर सेवा गर्ने कर्मचारी सम्मानमा सर्दि सेवाकेन्द्र ईन्चार्ज संगिता पाण्डे, बचत सहायक विष्णु गुरुङ्ग र बुनामाया महत्तो, वर्ष उत्कृष्ट सेवाकेन्द्र संयोजक विजयनगर सेवाकेन्द्र संयोजक डिलाराम सापकोटा, वर्ष उत्कृष्ट उपसमिति सदस्य पिठौली सेवाकेन्द्र व्यवस्थापन उपसमिति सदस्य एवं समूह संरचना उपसमिति संयोजक महेन्द्र प्रसाद शर्मा, वर्ष उत्कृष्ट सेवाकेन्द्र तृतिय संवृद्धि सेवाकेन्द्र डण्डाबजार, वर्ष उत्कृष्ट सेवाकेन्द्र द्वितिय देवज्योती सेवाकेन्द्र देवचुली र वर्ष उत्कृष्ट सेवाकेन्द्र प्रथम सेवाकेन्द्र पिठौली सेवाकेन्द्र कावासोती एवं संस्थालाई उत्कृष्टतर्फ ल्याई पुराउन अहोरात्र खटिनु भएका विभिन्न समयमा विभिन्न उपसमिति, संचालक समिति, सचिव हुँदै २ कार्यकाल अध्यक्षको भुमिकामा रहि योगदान गर्नुहुने संस्थाका निवर्तमान अध्यक्ष एवं संचालक समिति सदस्य श्रीहरि चालिसेलाई संस्थाका अध्यक्ष भोजराज पौडेल, प्रमुख अतिथि नेफ्स्कून वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी र विशिष्ठ अतिथि पूर्व अध्यक्ष एवं नेफ्स्कूनका संचालक समिति सदस्य गोपाल प्रसाद गौतमले अविर फुलमाला खादा र सम्मान पत्रबाट सम्मानित गर्नुभएको थियो।

कार्यक्रममा सहकारी प्रशिक्षक संजय तिमिल्सिनाद्वारा सहकारी विषयमा प्रशिक्षण गर्नुभएको थियो। कर्मचारीहरुबाट सहकारी गितमा सास्कृतिक प्रस्तुती रहेको थियो भने सचिव सरस्वती कंडेलबाट सहकारी कविता बाचन भएको थियो।

संस्थाका सहसचिव दुर्गा चालिसेले आर्थिक वर्ष २०८०/८१को प्रगति प्रतिवेदन र प्रस्तावित नीति तथा कार्यक्रमहरुको बारेमा सभामा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष श्री दामोदर अधिकारीले शुभकामना मन्तव्य राख्नुहुँदै "टिम वर्क, ट्रान्सपरेन्सी र ट्रस्ट समाहित गरि सदस्य सेवामा केन्द्रित रहनु पर्ने" बताउनु भयो।

कार्यक्रममा निवर्तमान अध्यक्ष तथा संचालक समिति सदस्य श्रीहरि चालिसेले वर्तमान विषम परिस्थितिका बाबजुद पनि किसान साकोसको सदस्यकेन्द्रित सेवाहरुले सदस्यहरुको मन जितेको हुनाले सदस्यहरुले संस्थालाई अगाध माया र कारोबारद्वारा साथ दिई किसान साकोसलाई अडिग र भरपर्दो सहकारीको रुपमा उभ्याइदिएकोमा धन्यवाद दिनुभएको थियो । 

समापन मन्तव्यमा अध्यक्ष भोजराजपौडेलले किसान साकोस सधैझै एकजुट भएर अगाडी बढिरहने बताउनु भयो।

कार्यक्रममा संचालक समिति सदस्यहरु, लेखा सुपरिवेक्षण सिमित सदस्यहरु, पूर्व अध्यक्षहरु, सेवाकेन्द्र व्यवस्थापन उपसमिति संयोजक र सदस्यहरु, उपसमिति सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, पूर्व प्रमुख कार्यकारी अधिकृत, निर्णय प्रमाणीकरणका सेवाकेन्द्र प्रतिनिधि शेयर सदस्यहरु लगाएत कर्मचारीहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजिकरण सचिव सरस्वती कंडेलले गर्नुभएको थियो।

January 13, 2025 @ 11:26 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram