किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

कर्मचारी आवश्यक्ता सम्बन्धी सूचना - ११३२/८१/८२

November 22, 2024

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको एक्सेस ब्राण्ड प्राप्त गर्न सफल यस किसान बचत तथा ऋण सहकारी संस्था लि., गैंडाकोट नगरपालिका वडा नम्बर ८को मिति २०८१/०८/०५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार देहाय बमोजिमको पदमा खुल्ला प्रतिस्प्रधाद्वारा पदपुर्ती गर्नुपर्ने भएकोले आवश्यक योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र रित पूर्वक दरखास्तका लागि यो सूचना प्रकाशित गरिएको छ।

१. आवश्यक पद, संख्या र योग्यता:
पद: प्रमुख कार्यकारी अधिकृत
तह: नवौं
संख्या:

सेवा प्रकार: करार
सुविधा: संस्थाको नियमानुसार

वाञ्छनीय योग्यता: व्यवस्थापन संकाय वा अर्थशास्त्र लिई स्नाकोत्तर उत्तिर्ण गरि कम्तीमा ५ वर्ष वित्तिय क्षेत्रमा कार्य गरेको वा स्नातक उत्तिर्ण गरि १० वर्ष वित्तिय क्षेत्रमा कार्य गरेको।

अन्य योग्यता:
क. प्रतिवेदन लेखन, प्रस्ताव पत्र तयारी र वार्षिक तथा रणनैतीक योजना तयार गर्न सक्ने।
ख. कम्प्यूटर सम्बन्धी राम्रो दख्खल भएको। (माईक्रोसफ्ट वर्ड, एक्सल, पावर प्वाईन्ट र सफ्टवेयरहरु)
ग. वित्तिय सम्बन्धी ज्ञान भएको, वित्तिय क्षेत्रको विष्लेषण गर्न सक्ने र बजारीकरण सम्बन्धी ज्ञान भएको।
घ. नेपाली र अंग्रेजी भाषा राम्रो संग बोल्न र लेख्न सक्ने।
ङ. दुईपाङ्ग्रे वा चार पाङ्ग्रे सवारीसाधन अनुमती पत्र भएको।

३. आवश्यक कागजपत्र
क. नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी।
ख. शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी।
ग. अनुभव प्रमाणपत्रको प्रमाणित प्रतिलिपी।
घ. वायोडाटा र हालसालै खिचिएको फोटो
ङ. हस्तलिखित निवेदन।

४. परिक्षाको प्रकृया: लिखित, मौखिक र प्रयोगात्मक मध्य कुनै २ वटा

५. दरखास्त दिने तरिका: संस्थामा उपस्थित भै वा संस्थाको ईमेल kisan.org.np@gmail.com मार्फत

फारम डाउनलोड

संयोजक पदपूर्ती उपसमिति
किसान साकोस

November 22, 2024 @ 10:36 am
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram