किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

सहकारी क्षेत्रमा नेपालमै पहिलो पटक नविनतम प्रविधि किसान साकोस गैंडाकोटमा भित्राउँदै सिनर्जी टेक सफ्टवेयर

December 9, 2024

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको एक्सेस ब्राण्ड प्राप्त गर्न सफल एवं १ लाख सदस्यज्यूहरुलाई सेवा दिईरहेको गैंडाकोट नवलपुरमा अवस्थित यस किसान बचत तथा ऋण सहकारी संस्था लि.,ले सिनर्जी टेक सफ्टवेयर प्रा.लि.सँग सहकार्य गरी नवीन प्रविधिको भ्वाईस सोलुसन्स ईन्ट्रिगेटड ई.आ.पी. कोर बैंकीङ्ग नेपालमै पहिलो पटक सहकारी क्षेत्रमा भित्राउने छ।

“किसान साकोसले सहकारीमा सिनर्जी टेक मार्फत नवीन प्रविधि भित्राए संगै, आन्तरिक नियन्त्रण तथा सदस्य सेवामा नव आयम हुने जानकारी दिनु भयो। संस्था ले ई.आर.पी. कोर बैंकीङ्ग जसमा, अन्तरनिहित ऋण व्यवस्थापन प्रणाली (Integrated Loan Management System), अन्तरनिहित मानव संसाधन व्यवस्थापन प्रणाली (Integrated Human Resource Management System), अन्तरनिहित बजेट निर्माण तथा प्रक्षेपण (Integrated Budgeting and Projection) जस्ता प्रविधि रहने जसले संस्थाको कार्यक्षमता वृद्धि गर्न र ए.आई. सक्षम अनपेक्षित क्रिया पहिचान संयन्त्र (AI enabled Fraud Detection Mechanism) जस्ता प्रविधिले संस्थाको आन्तरिक नियन्त्रण र अनुगमन संयन्त्र (Internal Control & Monitoring Mechanism) लाई चुस्त बनाउने र सदस्य सेवालाई अझ प्रभावकारी बनाउन कोर बैंकीङ्गमा अन्तरनिहित भ्वाईस सेवा (Integrated Voice Solutions) प्रविधिले सदस्य हेरचाह तथा ऋण व्यवस्थापन प्रणाली अत्याधुनिक र प्रभावकारी बनाउने छ। साथै आगामी दिनहरुमा पनि सदस्य सेवालाई केन्द्रमा राखेर आटोमेशनमा जान नयाँ प्रविधिहरु उपयोगमा ल्याउने” सिईओ जिवलाल तिवारीले जानकारी गराउनु भयो।

१५ वर्षभन्दा बढीको अनुभव सहित, सिनर्जी टेक सफ्टवेयरले सहकारी तथा लघुवित्त क्षेत्रमा  व्यापक Eco-system समाधान उपलब्ध गराउँदै अग्रणी स्थान बनाएको छ। सिनर्जी टेकले साहारा नेपाल सकोस, छिमेक लघुवित्त, र मुक्तिनाथ विकास बैंकजस्ता नेपालका प्रतिष्ठित संस्थाहरूलाई ERP - Based CBS र Digital Solution उपलब्ध गराउँदै आएको छ। त्यस्तै, सिनर्जी टेकको उपस्थिति नेपाल र म्यानमारजस्ता अन्तर्राष्ट्रिय बजारमा समेत रहेको छ।

“सिनर्जी टेकले नेपालको पहिलो क्लाउड-आधारित अत्याधुनिक कल सेन्टर सेवा प्रदायक भोक्सक्रो प्रा.लि.सँग सहकार्य गरेको छ। भोक्सक्रोले हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा १०० भन्दा बढी कम्पनीहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ। सहकारी क्षेत्रमा पहिलो पटक किसान साकोसामा यो प्रविधि प्रयोग गरिने तथा यस सहकार्यले सहकारीको कार्यक्षमता वृद्धि गर्न, संचारलाई व्यवस्थित बनाउन र समग्र सदस्य सेवाको स्तरमा थप माथी ल्याउन महत्वपूर्ण कदम हुने” सिनर्जीटेकका सिईओ इन्जिनियर देवेन्द्र खड्काले बताउनु भएको छ।

“एसएमएस (SMS) ले मोबाईलमा अक्षर लेखी जानकारी पठाए जस्तै यस भ्वाईस सेवा प्रविधिले नेपाली भाषामा ध्वनीमा सूचनाको माध्यमबाट सदस्यहरुलाई सेवाहरु उपलब्ध गराउने र अन्तरनिहित आइभीआर (Integrated IVR) र कल सेन्टर (Call Center) जस्ता अत्याधुनिक आवाज प्रविधिको माध्यमबाट सदस्यहरुलाई प्रभावकारी सेवाहरु उपलब्ध गराउनेछ। समृद्ध सदस्य, दिगो साकोस उद्देश्यका साथ नीति विधि प्रविधिबाट चलेको किसान साकोसले आफ्ना शेयर सदस्यहरुलाई उन्नत प्रविधि सहितको सेवा सुविधा प्रदान गर्न सधै तत्पर रहेकोले सहकारीमा पहिलो पटक सञ्चालन हुने यो नवीन सेवाले किसान साकोसका सम्पूर्ण सदस्यहरु सहित विषेश्त: ज्येष्ठ नागरिकहरुलाई सेवा तथा सूचना प्रदान गर्न सहज हुने “ - संस्थाका अध्यक्ष भोजराज पौडेलले बताउनु भएको छ।

विक्रम संवत २०५२ सालमा २५ जना किसानहरु मिलि स्थापना भएको किसान साकोस हाल १ लाख शेयर सदस्य एवं २५ सहकारी एकीकरण गर्दै ४ अरब सम्पत्ती रहेको संस्था साविक नवलपरासी जिल्ला, चितवन जिल्ला र तनहुँ जिल्ला गरि ४ प्रदेशमा आफ्नो सेवा दिँदै आएको छ। राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको एक्सेस ब्राण्ड प्राप्त गर्न सफल रहेको छ।

December 18, 2024 @ 2:55 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram