किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

किसान साकोसका नव प्रमुख कार्यकारी अधिकृत संजय तिमिल्सिनाको पदभार ग्रहण एवं स्वागत

December 13, 2024

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको एक्सेस ब्राण्ड प्राप्त गर्न सफल गैंडाकोट नवलपुरमा अवस्थित यस किसान बचत तथा ऋण सहकारी संस्था लि.को प्रमुख कार्यकारी अधिकृतमा सहकारी कर्मी, सहकारी प्रशिक्षक एवम् लामो समय नेफस्कुनको जिम्मेवारी पदमा रही कार्य गर्दे आउनु भएका सञ्जयराज तिमिल्सिनाले सञ्चालक समितिको मिति २०८१ मंसिर २७ गतेको निर्णय अनुसार आज २८ गतेदेखी पदभार ग्रहण गर्नुभएको छ।

प्रमुख कार्यकारी अधिकृत पदभार ग्रहण तथा स्वागत कार्यक्रममाको अध्यक्षता भोजराज पौडेलले गर्नु भएको थियो भने विशिष्ठ आतिथ्यता संस्थाका पूर्व अध्यक्ष एवम् लेखा सुपरिवेक्षण समिति संयोजक तिलक प्रसाद पराजुली, पूर्व अध्यक्ष एवं नेफस्कून सञ्चालक समिति सदस्य गोपाल गौतम तथा पूर्व अध्यक्ष माधव प्रसाद गौतम र संस्थापक अध्यक्ष कृष्ण प्रसाद शर्माको रहनु भएको थियो। कार्यक्रममा सञ्चालक समिति सदस्य, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार समिति, सेवाकेन्द्र संयोजक तथा विभागीय प्रमुख एवं इन्चार्ज कर्मचारी हरुको उपस्थिती रहेको थीयो सो कार्यक्रममा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सिनालाई अध्यक्ष एवं पूर्व अध्यक्ष ज्यू हरुवाट नियुक्तीपत्र, टिका मालाले स्वागत गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्त्वय संस्थाका उपाध्यक्ष श्री चिन्तामणी कंडेलले गर्नु भएको थियो भने पूर्व अध्यक्ष तिलक प्रसाद पराजुली, गोपाल प्रसाद गौतम र माधव प्रसाद गौतमवाट स्वागत एवं सफलकार्यकालको शुभकामना दिनुभएको थियो । कार्यक्रममा बोल्दै नवनियुक्त प्रमुख कार्यकारी अधिकृत वाट आफ्नो अनुभव क्षमताले संस्थाको लक्ष्य प्राप्तीका लागी अनवरत रूपमा सेवा गर्ने प्रतिवद्धत समेत राख्नु भएको थियो कार्यक्रम सहजिकरण संस्थाका सचिव सरस्वती कंडेलले गर्नु भएको थियो।
पदभार ग्रहण तथा स्वागत पश्चात आजै विभागीय प्रमुख तथा इन्चार्ज हरुसँग परिचयात्मक कार्यक्रम साथै संस्थाको लक्ष्य प्राप्तीमा लाग्न प्रमुख कार्यकारी अधिकृत वाट निर्देशन समेत प्राप्त भएको थियो

विक्रम संवत २०५२ सालमा २५ जना किसानहरु मिलि स्थापना भएको किसान साकोस हाल १ लाख शेयर सदस्य एवं २५ सहकारी एकीकरण गर्दै ४ अरब सम्पत्ती रहेको संस्था साविक नवलपरासी जिल्ला, चितवन जिल्ला र तनहुँ जिल्ला गरि ४ प्रदेशमा आफ्नो सेवा दिँदै आएको छ। राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको एक्सेस ब्राण्ड प्राप्त गर्न सफल रहेको छ।

January 13, 2025 @ 11:26 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram