किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

आ.ब २०८१/०८२ को अर्धवार्षिक समिक्षा बैठक सम्पन्न

February 1, 2025

किसान साकोसको चालु आर्थिक वर्ष २०८१/०८२ को अर्धवार्षिक समिक्षा बैठक सम्पन्न भएको छ। चालु आर्थिक वर्षको अर्धवार्षिकसम्म संस्थाले गरेका विभिन्न बीत्तिय एबम गैह्र बित्तिय रुपमा भएका कामहरुको समिक्षा गरि संस्थाको कारोवार लगायत अन्य गतिविधिलाई थप प्रभावकारी गराउने उद्देश्यकासाथ बैठकको आयोजना गरिएको थियो। बैठकको अध्यक्षता संस्थाका प्रमुख कार्यकारी अधिकृत सन्जयराज तिमिल्सिनाज्यूले गर्नु भएको थियो। बैठकमा संस्थाको बर्तमान अवस्था, योजना र समसामयिक विषयको वारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृतज्यूले सहजीकरण गर्नु भएको थियो। बैठकमा विभागीय प्रमुखहरु र सबै सेवाकेन्द्रका प्रमुखहरुको सहभागीता रहेको थियो। बैठकमा विभागीय प्रमुखहरुले आ–आफ्नो विभागले चालु आर्थिक वर्षमा हासिल गरेको उपलब्धी, आगामी लक्ष्य, सम्भावना, अवसर, चुनौती र समाधानका उपायहरुको वारेमा प्रस्तुती पेश गर्नु भएको थियो । संस्थालाई थप सबल बनाउनको लागि ४ भागमा सेवाकेन्द्र प्रमुखहरुको समूहमा बिभाजन गरी सेवा केन्द्र प्रमुखहरुले आफ्नो योजना सहित धारणा राख्नु भएको थियो भने संस्थाले चालु आ.ब को लक्ष्य अन्तरगत अर्धवार्षिकसम्ममा उच्तम लक्ष्य हासिल गर्ने प्रथम संबृद्धी डण्डा र द्धितिय पञ्चदृष्टि सेवाकेन्द्र लाई सम्मान गरिएको थियो। बैठकमा संस्थाका अध्यक्ष भोजराज पौडेलज्यू र सचिव सरस्वती कंडेलज्यूको विशेष उपस्थिती रहेको थियो ।

February 2, 2025 @ 3:03 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram