सूचना नं.: ०७–०८१÷८२
प्रथम पटक प्रकाशितः मितिः २०८१/१०/२३
यस किसान बचत तथा ऋण सहकारी संस्था लि.को लागि तपसिल बमोजिमको पदमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नुपर्ने भएको हुँदा तोकिएको योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त आह्वानको लागि यो सूचना प्रकाशित गरिएको छ । रित नपुगी र म्याद नाघि आएको दरखास्त उपर कुनै कारवाही हुने छैन ।
संयोजक
पदपूर्ति उपसमिति
क्र.स. | पद | तह | आवश्यक संख्या | शैक्षिक योग्यता | उमेर | वाञ्छनीय योग्यता | स्थान | परिक्षाको किसिम |
---|---|---|---|---|---|---|---|---|
१ | ऋण सहायक | ४ | १ | प्रविणता प्रमाणपत्र वा सो सरह | कम्तीमा २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको | माइक्रोसफ्ट अफिस राम्रोसँग चलाउन सक्ने | कावासोती | लिखित र अन्तरवार्ता |
२ | ओभरसियर | ४ | १ | मान्यताप्राप्त शिक्षण संस्थाबाट ओभरसियर उत्तिर्ण | कम्तीमा २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको | सम्बन्धित सफ्टवेयर तथा अफिस प्याकेज चलाउन सक्ने। | लिखित र अन्तरवार्ता | |
३ | बचत सहायक | ३ | १ | प्रविणता प्रमाणपत्र वा सो सरह | कम्तीमा २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको | माइक्रोसफ्ट अफिस राम्रोसँग चलाउन सक्ने | सर्दी | लिखित र अन्तरवार्ता |
४ | बजार प्रतिनिधि | २ | १ | एसएलसी÷एसईई वा सो सरह | १८ वर्ष पुरा गरी ३५ वर्ष ननाघेको | माइक्रोसफ्ट अफिस राम्रोसँग चलाउन सक्ने | भरतपुर | अन्तरवार्ता |
५ | समुह परिचालक | २ | २ | एसएलसी÷एसईई वा सो सरह | १८ वर्ष पुरा गरी ३५ वर्ष ननाघेको | माइक्रोसफ्ट अफिस राम्रोसँग चलाउन सक्ने | गैंडाकोट र आरुङ्गखोला | अन्तरवार्ता |
६ | कार्यालय सहायक | २ | १ | एसएलसी÷एसईई वा सो सरह | १८ वर्ष पुरा गरी ३५ वर्ष ननाघेको | माइक्रोसफ्ट अफिस राम्रोसँग चलाउन सक्ने | कावासोती | अन्तरवार्ता |
७ | सुरक्षा गार्ड | १ | बैंक, वित्तीय संस्था, सहकारी वा सुरक्षा निकायमा कार्य गरेको | दलदले | अन्तरवार्ता |
सेवाको किसिमः समयगत
सेवा, सुविधाः संस्थाको नियमानुसार (कामको प्रकृतिको आधारमा इन्धन र सञ्चार खर्च प्रदान गरिनेछ)
दरखास्त दिने अन्तिम मितिः २०८१ माघ २९ गते कार्यालय समय भित्र।
दरखास्त दिने स्थानः संस्थाको केन्द्रीय कार्यालय र सम्बन्धित सेवा केन्द्रहरु वा संस्थाको इमेल hr@kisan.org.np ठेगानामा सोझै पठाउन सकिनेछ ।
आवश्यक कागजातहरुः दरखास्त साथ आवेदकले नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताका प्रमाणपत्र, अनुभवका प्रमाणपत्र, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो र आफ्नो व्यक्तिगत विवरण (बायोडाटा) । फारम डाउनलोड
नोटः सवारी चालक अनुमतिपत्र प्राप्त गरेको र दुईपाँग्रे सवारी साधन भएको व्यक्तिलाई प्राथमिकता दिइनेछ । दरखास्त दिन चाहेको कार्यालय उल्लेख गरी अन्य कार्यालयमा समेत दरखास्त पेश गर्न सकिनेछ ।