यस किसान बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्ना कर्मचारीहरुको क्षमता तथा व्यवसायीकता विकासको लागि २ दिने क्षमता विकास तालिम सम्पन्न गरेको छ।
सेवाकेन्द्र ईन्चार्जहरुको क्षमता विकास तालिम फागुन १५-१६ गते २ दिन मदनपुर, मध्यविन्दु-३मा आयोजित कार्यक्रम संचालक समिति सदस्य श्री देवि घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो।
ऋण सहायक कर्मचारीहरुको क्षमता विकास तालिम फागुन १७-१८ गते २ दिन गैंडाकोट-५ मा आयोजित कार्यक्रम किसान साकोसका अध्यक्ष श्री भोजराज पौडेलज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा किसान साकोसका उपाध्यक्ष श्री चिन्तामणी कंडेल, श्री कोषाध्यक्ष राजेन्द्र गौतम, श्री सहसचिव दुर्गा चालिसे, संचालक समित सदस्य श्री जयलाल पराजुली, किसान साकोसका पूर्व अध्यक्ष एवं नेफ्स्कून संचालक समिति सदस्य श्री गोपाल गौतमको विशेष उपस्थिति रहेको थियो।
कर्मचारीहरुको क्षमता विकास तालिममा प्रमुख कार्यकारी अधिकृत सन्जयराज तिमिल्सिना, डिपुटि प्र.का.अधिकृत जिवलाल तिवारी, समूह संरचना तथा कार्यक्रम विभाग प्रमुख प्रेम प्रसाद अधिकारी, सूचना तथा प्रविधि विभाग प्रमुख सागर क्षेत्री, लेखा विभाग प्रमुख अर्जुन प्रसाद पौडेल र ऋण विभाग प्रमुख एकराज सुवेदीबाट प्रशिक्षण प्रदान गर्नुभएको थियो।
उक्त कार्यक्रममा किसान साकोसको भगिनि संस्था सामुदायिक साकोस काभ्रेबाट २ जना कर्मचारीहरु सहित कुल ६५ जना कर्मचारीहरुको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजिकरण प्रेम प्रसाद अधिकारीले सहजिकरण गर्नुभएको थियो।
