किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

वृहत निशूल्क आँखा शिविर शुभारम्भ : कालिका नमुना माविका१४०० विद्यार्थीहरु आँखा परिक्षणबाट लाभान्वित

May 23, 2025

यस किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एवं नेपाल नेत्र ज्योति संघ भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोग र गैंडाकोट नगरपालिका स्थित कालिका नमुना माविको सहकार्यमा आज मिति २०८२/०२/०९ गतेका दिन २ दिने निशुल्क आँखा शिविर विद्यालय परिसरमा शुरु भएको छ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष श्री भोजराज पौडेलज्यूले गर्नु भएको थियो भने प्रमुख अतिथि पूर्व कोषाध्यक्ष एवं गैंडाकोट ८का वडा अध्यक्ष प्रेम प्रसाद सापकोटाज्यूले कार्यक्रममा "किसान साकोसले महत्वपूर्ण र आवश्यक कार्यक्रम गरेको" शुभमन्तव्य सहित कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो।

पहिलो दिनको कार्यक्रममा कालिका नमुना माविका १४०० विद्यार्थीहरुको आँखा परिक्षण गरिएको छ। ५१ जना विद्यार्थीहरुलाई चश्मा वितरण गरिएको तथा १२ जना विद्यार्थीहरुलाई थप परिक्षणका लागि अस्पताल रिफर आँखा अस्पतालका प्राविधिकले जानकारी गराउनु भएको छ।

जेठ १० गते शनिवार विहान १० बजे देखी दोस्रो दिन, स्थानिय सर्वसाधारणहरुलाई आँखा परिक्षण, आवश्यक औषधी, चश्मा एवं मोतिबिन्दु शल्यकृया सेवा सहित लाभान्वित हुने गरि वृहत निशूल्क आँखा शिविर वेलुकी ५ बजे सम्म चल्ने जानकारी प्रमुख कार्यकारी अधिकृत संजय राज तिमिल्सिनाले दिनु भएको छ।

समृद्ध सदस्य, दिगो साकोसको परिकल्पना अनुरुप अगाडी बढेको किसान साकोसले, समुदाय आधारीत एवं विद्यार्थी लक्षित कार्यक्रमहरु विभिन्न समयमा गर्दै आई रहेको विदितै छ। आखाँ स्वास्थ्य बिशेष अनि महत्त्त्वपूर्ण हुने भएकाले निशुल्क आखाँ शिवीर संचालनमा ल्याएको र आजको यस कार्यक्रमलाई सफल गराउन सहभागी हनुभएका विद्यालय परिवार, आँखा अस्पताल एवं प्राविधिक साथीहरु तथा उपस्थित किसान साकोसका संचालक समिति सदस्यहरु लगाएत कर्मचारीहरुमा हार्दिक धन्यबाद व्यक्त गर्नु भएको छ।

https://vijayafm.org.np/content/16688/2025-05-23

May 23, 2025 @ 7:02 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram