किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

१७ शल्यकृया सहित १७५२ जना लाभान्वित वृहत नि:शूल्क आँखा शिविर सम्पन्न

May 24, 2025

यस किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एवं नेपाल नेत्र ज्योति संघ भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोग र गैंडाकोट नगरपालिका स्थित कालिका नमुना माविको सहकार्यमा मिति २०८२/०२/९ गते देखी २ दिने निशुल्क आँखा शिविर विद्यालय परिसरमा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष श्री भोजराज पौडेलज्यूले गर्नु भएको थियो भने प्रमुख अतिथि पूर्व कोषाध्यक्ष एवं गैंडाकोट ८का वडा अध्यक्ष प्रेम प्रसाद सापकोटाज्यूले कार्यक्रममा "किसान साकोसले महत्वपूर्ण र आवश्यक कार्यक्रम गरेको" शुभमन्तव्य सहित शुभारम्भ गर्नुभएको थियो।

मिति २०८२/०२/०९ गते पहिलो दिनको कार्यक्रममा कालिका नमुना माविका १४०० विद्यार्थीहरुको आँखा परिक्षण गरिएको छ। ५१ जना विद्यार्थीहरुलाई चश्मा वितरण गरिएको तथा १२ जना विद्यार्थीहरुलाई थप परिक्षणका लागि अस्पताल रिफर आँखा अस्पतालका प्राविधिकले जानकारी गराउनु भएको छ।

मिति २०८२/०२/१० गते दोस्रो दिन विहान १० बजे देखिनै स्थानियबासीको उत्साहजनक सहभागिता रहेको आँखा परिक्षण कार्यक्रममा बेलुकी सम्म ३५२ सहभागि हुनु भएको थियो। परिक्षणका क्रममा निशूल्क औषधी वितरण एवं आवश्यक भएकालाई भरतपुर आँखा अस्पतालमा रिफर गरिएको थियो।

कार्यक्रमबाट कुल १७५२ आँखा परिक्षणबाट लाभान्वित हुनु भएकोमा १७जनाले नि:शूल्क शल्यकृयाको सेवा प्राप्त गर्नु भएको जस्मा जेष्ठ नागरिकहरुको संख्या उल्लेख्य रहेको जानकारी किसान साकोसका प्रमुख कार्यकारी अधिकृत संजयराज तिमिल्सिनाले दिनु भएको छ।

समृद्ध सदस्य, दिगो साकोसको परिकल्पना अनुरुप अगाडी बढेको किसान साकोसले, समुदाय आधारीत एवं विद्यार्थी लक्षित कार्यक्रमहरु विभिन्न समयमा गर्दै आई रहेको विदितै छ। कार्यक्रमले स्थानिय बालक देखी जेष्ठ नागरिक सम्म सबैलाई सेवा दिने मौका प्रदान गरेको यस कार्यक्रमलाई सफल गराउन सहभागी हनुभएका विद्यालय परिवार, आँखा अस्पताल एवं प्राविधिक साथीहरु तथा उपस्थित किसान साकोसका संचालक समिति सदस्यहरु लगाएत कर्मचारीहरुमा हार्दिक धन्यबाद व्यक्त गर्नु भएको छ।

कार्यक्रमको सहजिकरण किसान साकोसका कार्यक्रम तथा समूह कार्यक्रम विभाग प्रमुख प्रेम प्रसाद अधिकारीले गर्नु भएको थियो।

https://vijayafm.org.np/content/16702/2025-05-24

https://www.dhipri.com/posts/523

https://bittiyapost.com/news/2025/05/24/16477

https://www.bikashnews.com/story/551636

June 10, 2025 @ 1:12 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram