किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

आस्था साकोस, कास्की, पोखराबाट अध्ययन अवलोकन भ्रमण

May 28, 2025

किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आस्था साकोस, कास्की, पोखराबाट अध्ययन अवलोकन भ्रमण मिति २०८२ जेठ १४ गते सम्पन्न गर्नु भएको छ।

अध्ययन अवलोकन भ्रमणमा रहनुभएका आस्था साकोसका अध्यक्ष कृष्ण प्रसाद आचार्य, लेखा सुपरिवेक्षण सिमित सदस्य भिम प्रसाद आचार्य, प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद आचार्य लगाएत व्यवस्थापनका सदस्य सहित ३७ जनालाई किसान साकोसमा प्रमुख कार्यकारी अधिकृत संजयराज तिमिलसिनाले स्वागत गर्नु भएको थियो।

किसान साकोस र सहकारी एवं समसामयीक विषयमा प्रमुख कार्यकारी अधिकृत संजयराज तिमिल्सिनाले जानकारी प्रदान गर्नुभएको थियो भने विषेश उपस्थितिमा नेफ्स्कून संचालक समिति सदस्य एवं किसान साकोसका पूर्व अध्यक्ष गोपाल प्रसाद गौतमले भ्रमण टोलीको जिज्ञाषा सहजिकरण गर्नुभएको थियो।

किसान साकोस समूह संरचना तथा कार्यक्रम विभाग प्रमुख प्रेम प्रसाद अधिकारीले एक्सपोजर कार्यक्रमको सहजिकरण गर्नु भएको थियो।

June 10, 2025 @ 1:12 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram