यस संस्थाको तपसिलमा उल्लेखित सदस्यहरुले विभिन्न ऋण (कर्जा) शिर्षक अन्तर्गत ऋण लिँदा संस्थासंग गरेको शर्त सम्झौता बमोजिम समय-समयमा बुझाउनुपर्ने सावाँ, ब्याज लगायतका रकमहरु नतिरी नबुझाई संस्थासंग गरेको कर्जा सम्बन्धी शर्त बन्देजहरु उल्लंघन गरेकाले संस्थाको सम्पूर्ण ऋण रकम चुक्ता गर्न पटक-पटक मौखिक एवं लिखित रुपमा ताकेता गर्दा समेत नतिरी, नबुझाई संस्थाको कर्जा चुक्ता गर्नतर्फ कुनै चासो नदेखाई वेवास्ता गरि बसेको हुँदा ऋण (कर्जा) चुक्ता भुक्तान गर्न ल्याउने बारेको यो ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ। यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र संस्थामा तिर्नु बुझाउनु पर्ने ऋण र सो संग सम्बन्धित सम्पूर्ण रकम भुक्तान गर्नुहोला। सूचनामा तोकिएको म्याद भित्र संस्थालाई तिर्नु बुझाउनु पर्ने सावाँ, ब्याज, हर्जना लगाएतका रकम नबुझाएमा सहकारी ऐन, २०७४, सहकारी नियमावली २०७५ र संस्थाको ऋण नीति २०७९ (संशोधन सहित) तथा अन्य प्रचलित कानुन बमोजिम धितो सुरक्षणमा दिएको सम्पत्ति लिलाम बिक्री वा सोबाट असुल नभएमा सहकारीको ऋण असुली सम्बन्धमा प्रचलित कानुन बमोजिम ऋणीको हकभोक लाग्ने अन्य जायजेथा जो जेबाट हुन्छ असुल उपर गरिने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ। अन्य थप जानकारीका लागि संस्थामा सम्पर्क राख्नुहोला।

