किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

रणनीतिक समिक्षा एवं योजना निर्माण कार्यशाला सम्पन्न

June 10, 2025

किसान बचत तथा ऋण सहकारी संस्था लि.को रणनीतिक समिक्षा एवं योजना निर्माण कार्यशाला २०८२ जेठ २६ गते गैंडाकोट १२मा अवस्थित वाटरपार्क होटल पौवाको सभाहलमा सम्पन्न गरेको छ ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भोजराज पौडेलले गर्नु भएको थियो भने विषेश उपस्थितिमा पूर्व अध्यक्ष एवं नेफ्स्कून संचालक समिति सदस्य गोपाल प्रसाद गौतम रहनुभएको थियो।

कार्यक्रममा संस्थाका उपाध्यक्ष सिआर कंडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन संस्थाका सचिव सरस्वती कंडेलले गर्नुभएको थियो ।

संस्थाको रणनीतिक समिक्षा एवं योजना निर्माणको कार्यशालाको सहजिकरण किसान साकोसका प्रमुख कार्यकारी अधिकृत संजयराज तिमिल्सिनाले गर्नु भएको थियो।

किसान साकोसका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, ऋण उपसमिति, समूह संरचना उपसमितिका पदाधिकारीहरु,सेवाकेन्द्र व्यवस्थापन उपसमितिका संयोजक, व्यवस्थापनका कर्मचारीहरु सम्मिलित कार्यशालामा, संस्थाको रणनीतिक समिक्षा एवं योजना निर्माण गरेको छ। 

June 10, 2025 @ 1:12 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram