प्रकाशित मिति २०८२/०३/०१
यस किसान बचत तथा ऋण सहकारी संस्था लि.लाई आर्थिक वर्ष २०८२/०८३ को लागि आवश्यक पर्ने तपसिलमा
उल्लेखित वस्तु तथा सेवाहरु पटक पटक वा एकै पटक उपलब्ध गराउन सम्बन्धित वस्तु तथा सेवाको कारोवार गर्न
स्विकृती प्राप्त गरेका ईच्छुक रजिष्टर्ड फर्म÷कम्पनी÷आपूर्तिकर्ताहरुलाई यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र
प्रत्येक समुहको लागि छुट्टछुट्टै विवरण खुलाई निवेदन सहित सूचिकृत हुन सम्बन्धित सबैमा जानकारी गराईन्छ । साथै,
म्याद नाघी आएको निवेदन उपर कुनै कारवाही गरिने छैन।

अन्य थप जानकारीहरुः
१ आवेदनको साथमा फर्म दर्ता प्रमाण पत्र, आयकर दर्ता प्रमाण पत्र, मुल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्र तथा गत
आ.व.को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि संलग्न गर्नुपर्ने छ ।
२ प्रत्येक समुहको लागि छुट्टा सूचीदर्ता फारम भर्नुपर्ने छ । सूची दर्ता फारमको लागि पेश गर्नुपर्ने निवेदन यस संस्थाको
वेवसाईट https://kisan.org.np बाट लिन सकिने छ ।
३ यसरी सूचिकृत हुन आवेदन पेश गर्ने आवेदकहरुमध्येबाट कार्य क्षमता, कार्य अनुभव तथा दक्षतालाई आधारलाई
आधारमानी ग्राÞय ठहरेका फर्म÷कम्पनी÷आपूर्तिकर्ताहरुलाई मात्र सूचिकृत गरिनेछ ।
४ यसरी सूचिकृत हुन आवेदन पेश गर्ने फर्म÷कम्पनीहरुले उपलब्ध गराएको वस्तु तथा सेवाहरु तोकिएको गुणस्तर एवं
मापदण्ड बमोजिमको नभएमा वा कार्य सम्पादनशैली सन्तोषजनक नरहेमा उक्त फर्म÷कम्पनीहरुलाई बिना सूचना वस्तु
तथा सेवा उपलब्ध गराउने सूचीबाट हटाउन र संस्थागत प्रयोजनको लागि कालोसूचीमा समावेश गर्न सकिनेछ ।
५. सूचीकरण गर्ने वा नगर्ने अधिकार संस्थामा नै निहित रहनेछ
