किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

कर्जा चुक्ता गर्ने आउने १५ दिने अत्यन्त जरुरी सूचना

June 15, 2024

यस किसान बचत तथा ऋण सहकारी संस्था लि. (साबिकको समृद्धि बहुउद्देश्यीय सहकारी संस्था लि. भरतपुर, पोखरीचोक, चितवन) बाट तपशिलमा उल्लेखित ऋणी सदस्यज्यूहरुले कर्जा लिँदाको बखत संस्थासंग गरेको शर्त सम्झौता बमोजिम समय-समयमा बुझाउनु पर्ने साँवा, ब्याज लगाएत अन्य दस्तुर आदि नतिरी नबुझाई संस्थासंग कर्जा सम्बन्धी शर्त बन्देजहरु उल्लङ्घन गरेकाले संस्थाको सम्पूर्ण ऋण रकम चुक्ता गर्न पटक-पटक मौखिक एवं लिखित रुपमा सूचना गरी अनुरोध तथा कायाकैरन दैनिकमा मिति २०८० असार २० गते बुधबार ३५ दिने सार्वजनिक सूचना जारी गरी ऋण चुक्ता गर्न अनुरोध गर्दा पनि ऋणको साँवा, व्याज, हर्जाना आदि चुक्ता भुक्तान नगरी यस सहकारी संस्थामा गर्नु भएको शर्त कवुलियतको उल्लङ्घन गर्नुभएकोले तपशिलमा उल्लेखित ऋणीको नाउँमा बक्यौता रहेको ऋण चुक्ता भुक्तान गर्न यो दोस्रो तथा अन्तिम पटकको सार्वजनिक सूचना प्रकाशन गरिएको छ। यो सूचना प्रकाशन भएको मितिले पन्ध्र (१५) दिनभित्र यस सहकारी संस्थामा सम्पर्क राखी ऋणको सम्पूर्ण साँवा, व्याज तथा हर्जाना चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। उल्लेखित समयावधिभित्र सम्पूर्ण ऋणको साँवा, व्याज, हर्जाना चुक्ता नगरेकोमा तपाई ऋणी सदस्यले ऋण लिँदा उपलब्ध गराएको तपशिलमा उल्लेखित धितो लिलामको लागि सहकारी ऐन २०७४को दफा ७९को उपदफा १ बमोजिम धितो लिलाम गर्ने, सोही ऐनको दफा ८० बमोजिम कालो सूचिमा समावेश गरी अन्य कानुनी प्रक्रिया अगाडि बढाइने व्यहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ। साथै, व्यक्तिगत जमानीदाता, धितो मञ्जुरीनामा दिने जग्गाधनी तथा अन्य सरोकारवालाहरुलाई समेत यसै सूचना बमोजिम जानकारीको लागि अनुरोध छ।

October 4, 2024 @ 4:58 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram