किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

ट्राफिक सचेतना कार्यक्रम सम्पन्न: २९औं किसान साकोस स्थापना दिवसको अवसरमा सप्ताह व्यापी कार्यक्रम

June 26, 2024

किसान वचत तथा ऋण सहकारी संस्था लि.को २९औं स्थापना दिवसको अवसरमा कावासोती बजार, भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा ट्राफिक कार्यालयहरुको सवन्मयमा किसान साकोसले ट्राफिक सचेतना कार्यक्रम यहि मिति २०८१ आषाढ १२गते सम्पन्न गरेको छ।

जिल्ला ट्राफिक कार्यलय चितवनसंगको समन्वयमा समृद्धी भरतपुर सेवाकेन्द्रमा संस्थाका श्रद्धेय अध्यक्ष श्री भोजराज पौडेलको अध्यक्षतामा ट्राफिक सचेतना कार्यक्रम मिति २०८१/०३/१२ गते वुधवारका दिन विशाल चोकमा सम्पन्न भयो । कार्यक्रममा ट्राफिक कार्यलयबाट प्रहरी नायव निरिक्षक भुपेन्द्र बहादुर विष्ट, प्रहरी सहायक हवल्दार चन्द्र बहादुर तामाङ्ग लगायतको टिमले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा संस्थाका सञ्चालक सदस्य पार्वती कुमारी बराल, समृद्धि भरतपुर सेवा केन्द्र समिति सदस्य, सप्तरंगी सेवा केन्द्र समिति सदस्य लगायत कर्मचारीहरुको उपस्थितीमा ट्राफिक सचेतना सम्बन्धी जानकारी मूलक पर्चा सवारी चालक र पैदल यात्रीहरुलाई वितरण गरिएको थियो। कार्यक्रम संस्थाका समूह संरचना विभागीय प्रमुख प्रेम प्रसाद अधिकारीले सञ्चालन गर्नु भएको थियो।

सौहार्द सेवाकेन्द्र, जिल्ला ट्राफिक कार्यालय तथा ईलाका ट्राफिक कार्यालय रत्ननगरको समन्वयमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त ट्राफिक सचेतना कार्यक्रममा सौहार्द सेवाकेन्द्रका संयोजक जनार्दन सिखंडाको अध्यक्षता तथा प्रमुख अतिथिको रुपमा बरिस्ठ ना.स.श्री कृष्ण ठकुरी, संस्थाका संचालक सदस्य निरज रेग्मीको बिशेष उपस्थिती एवं ईलाका ट्राफिक प्रहरी कार्यालयमाका ट्राफिक प्रहरी तथा प्रहरी जवानहरु, संस्थाका उप-समिति सदस्यहरु, सल्लाहकार र कर्मचारीहरुको सहभागितामा ट्राफिक सचेतना सम्बन्धी जानकारी मूलक पर्चा सवारी चालक र पैदल यात्रीहरुलाई वितरण गरिएको थियो।

July 6, 2024 @ 5:01 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram