किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

हिमचुली सेवाकेन्द्र अर्जुन अधिकारीको समूह प्रथम - सेवाकेन्द्र स्तरिय हाजिरजवाफ प्रतियोगिता सम्पन्न: २९औं किसान साकोस स्थापना दिवसको अवसरमा सप्ताह व्यापी कार्यक्रम

June 29, 2024

किसान साकोसको २९औं स्थापना दिवशको अवसरमा आयोजीत सप्ताहव्यापी कार्यक्रम अन्तर्गत कर्मचारीहरुको ज्ञान वृद्धि तथा कर्मचारी बिच मैत्रीपूर्ण कार्यक्रम अन्तर्गत असार १४ गते भएको अन्तरसेवा केन्द्र स्तरीय कर्मचारी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । जसको अध्यक्षता संस्थाका अध्यक्ष भोजराज पौडेलज्यूले गर्नु भएको थियो भने कार्यक्रममा संस्थाका उपाध्यक्ष एवं स्थापना दिवस कार्यक्रम कार्यदल संयोजक चिन्तामणी कंडेल, लेखा सुपरिवेक्षण समिती संयोजक तिलक प्रसाद पराजुली, सञ्चालक समितीका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, सेवाकेन्द्र संयोजक, विभागीय प्रमुख तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको सहजीकरण संस्थाको सचिव सरस्वती कंडेलले गर्नु भएको थियो ।

हाजिरी जवाफ प्रतियोगीतामा २३ वटा सेवाकेन्द्र सहभागी रहेका थिए जस मध्ये २३ वटा सेवाकेन्द्रलाई ३ वटा समूहमा विभाजन गरी ३ वटा समूहबाट प्रथम र द्वितीय हुने सेवाकेन्द्रहरुबाट अन्तिम चरणमा ६ वटा सेवाकेन्द्र बिच प्रतिस्पर्धा गराई प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने सेवाकेन्द्रहरुलाई पुरस्कृत गरिएको थियो । हाजिरी जवाफ प्रतियोगितामा प्रथम :- हिमचुली सेवाकेन्द्र, द्वितीय :- जनमुखी सेवाकेन्द्र, तृतीय :- कावासोती सेवाकेन्द्र र सान्तवना :- विजयनगर सेवाकेन्द्र हुन सफल भएका थिए। हाजिरी जवाफ प्रतियोगितामा सहकारी ऐन, नियम , बैंक तथा वित्तीय संस्था अन्तर्गत २५%, संस्थाको नीती, कार्यविधी र इतिहासबाट ५०% र समसामयिक तथा अन्य विषय वस्तुवाट २५% प्रश्नहरु सोधिएको थियो ।

कार्यक्रममा बोल्दै संस्थाका उपाध्यक्ष तथा स्थापना दिवस कार्यक्रम कार्यदल संयोजक चिन्तामणी कंडेलज्यूले आयोजीत यस्ता कार्यक्रमहरुले कर्मचारीहरुमा सहकारी तथा अन्य विषयवस्तुको ज्ञान अभिवृद्धि हुनुका साथै कर्मचारी बिच आत्मीयता समेत बढ्ने र काम प्रती जिम्मेवारीको आत्मबोध हुने भन्दै सम्पूर्ण सेवाकेन्द्रलाई जीतको शुभकामना व्यक्त गर्नुभएको थियो । लेखा तथा सुपरिवेक्षण समिती संयोजक तिलक प्रसाद पराजुलीले यस्ता कार्यक्रमले अध्ययन गर्ने बानीको विकास हुनुका साथै काममा समेत सहजता ल्याउने अभिव्यक्ती दिनु भएको थियो र विजेता टिमलाई शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता गर्नु भएका संस्थाका अध्यक्ष भोजराज पौडेलले यस्ता कार्यक्रमले कर्मचारीको क्षमता अभिवृद्धि हुने र अबका दिनमा यस्ता कार्यक्रमहरु निरन्तर सञ्चालन गरिने भन्दै सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

July 6, 2024 @ 5:01 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram