किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

धितो लिलाम हुने बारेको ३५ दिने सार्वजनिक सूचना

July 1, 2024

यस किसान बचत तथा ऋण सहकारी संस्था लि. (साबिकको समृद्धि बहुउद्देश्यीय सहकारी संस्था लि. भरतपुर, पोखरीचोक, चितवन) बाट तपशिलमा उल्लेखित ऋणी सदस्यज्यूहरुले कर्जा लिँदाको बखत संस्थासंग गरेको शर्त सम्झौता बमोजिम समय-समयमा बुझाउनु पर्ने साँवा, ब्याज लगाएत अन्य दस्तुर आदि नतिरी नबुझाई संस्थासंग कर्जा सम्बन्धी शर्त बन्देजहरु उल्लङ्घन गरेकाले संस्थाको सम्पूर्ण ऋण रकम चुक्ता गर्न पटक-पटक मौखिक एवं लिखित रुपमा सूचना गरी अनुरोध तथा कायाकैरन दैनिकमा मिति २०८० असार २० गते बुधबार ३५ दिने सार्वजनिक सूचना, चितवन पोष्ट दैनिकमा मिति २०८१ जेष्ठ ३२ गते १५ दने सार्वजनिक सूचना जारी गर्दा समेत कर्जा भुक्तानी गर्ने तर्फ कुनै ध्यान नदिएकाले धितो सुरक्षणमा रहेको तपशिलमा उल्लेखीत अचल सम्पत्तीहरु लिलाम विक्रीको लागि यो सूचना प्रकाशित गरिएको छ। निज ऋणीहरुसंग लिनु पर्ने २०८१ साल श्रावण २२ गते सम्मको सम्पूर्ण लेना रकम असुल हुने गरी उल्लेखित धितो सहकारी ऐन, नियमावली संस्थाको विनियम तथा ऋण नीति बमोजिम निम्न मिति र स्थानमा १०:०० बजे देखि ४:०० बजे भित्र लिलाम बढाबढ हुने भएकाले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। लिलाममा सबै भन्दा बढी डाँक बोल्नेको नाममा लिलाम सदर भएमा कबुल गरेको रकमको कम्तिमा १० प्रतिशत रकम सोही दिन दाखिला गर्नु पर्ने छ। लिलाम बढाबढमा कसैले पनि लिलाम सकार नगरेमा संस्था आफैले सकार्नेछ। लिलाम हुने दिन बिदा परेमा त्यस पछिको कार्यालय खुलेको दिन लिलाम हुने छ। लिलामको शर्त सम्बन्धी जानकारीको लागि संस्थाको केन्द्रिय कार्यलयमा सम्पर्क राख्न सकिने छ।

तपशिल:

लिलाम हुने मिति: २०८१ श्रावण २२ गते मंगलवार
लिलाम हुने स्थान: संस्थाको मुख्य कार्यालय, गैंडाकोट नगरपालिका वडा नं.८, गैंडाकोट नगरपालिका अगाडी

July 6, 2024 @ 5:01 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram