गैंडाकोट नगरपालिका वडा न.८ मा केन्द्रिय कार्यालय रहेको देशकै उत्कृष्ट सहकारी किसान वचत तथा ऋण सहकारी संस्था लि.ले आज मिति २०८२ जेष्ठ १९ गते मध्यविन्दु नगरपालिका १० भूपू सैनिकको सभाहलमा एक भव्य कार्यक्रम आयोजना गरि मध्यविन्दु नगरपालिका वडा न. १०लाई पूर्ण किसान सदस्य वडा घोषणा कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष श्री भोजराज पौडेलज्यूको अध्यक्षता, मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीज्यूको प्रमुख आतिथ्यता र नेफस्कून सञ्चालक समिति सदस्य गोपाल प्रसाद गौतम , जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्षय तिलक प्रसाद पराजुली र मध्यविन्दु नगरपालिका वडा न. १० वडा अध्यक्ष रण बहादुर थापाको विशिष्ट आतिथ्यता साथै विभिन्न वडाका वडाध्यक्ष, संघ संस्थाका प्रतिनिधी, वडाका जनप्रतिनिधी, टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधी, सञ्चालक समिती, विभिन्न उपसमितिका पदाधिकारी, शेयर सदस्य र कर्मचारी सहितको उपस्थितीमा सफलता पूर्वक सम्पन्न गरेको छ ।
कार्यक्रममा उपस्थित अतिथीलाई शव्द गुच्छा द्रारा स्वागत गर्दै आरुणखोला सेवाकेन्द्र संयोजक बिन्दु कुमार श्रेष्ठले कार्यक्रमको औचित्य माथी प्रकास पार्नुभएको थियो ।
मध्यविन्दु नगरपालिका वडा न. १० अन्तर्गत कुल १५५६ घरधुरीका ९६.२ प्रतिसत घरधुरी समेटिएकोले पूण वडा घोषण गरीएको हो । किसान वचत तथा ऋण सहकारी संस्था लि.को प्रस्ताव एवं मध्यविन्दु नगरपालिका वडा न. १० का वडा अध्यक्षको सिफारीसमा नगर प्रमुखज्यू द्रार पूण वडा घोषडाको अभिलेख किसान साकोसका अध्क्षयलाइ हस्तान्त्रणा गनुभएको थियो । उक्त कार्यक्रममा वडा भित्रका आठ वटा टोल विकास सस्थाहरुलाई डस्बीन हस्तानत्रण गरीएको थियो भने सोहि अवसरमा वि.पि कोईराला क्यान्सर अस्पताल भरतपुरको प्रबिधिक सहयोगमा २२६ जना महिलाहरुको पाठेघर तथा स्तन क्यान्सरको निःशुल्क परिक्षण समेत गरीएको थियो ।
कार्यक्रममा संस्थागत जानकारी प्रस्तुत गर्दै सदस्य केन्द्रित कार्यक्रमलाई प्राथमिक्तामा राखिएको कुरा प्रमुख कार्यकारी अधिकृत सन्जयराज तिमिल्सिनाले बताउनु भएको थियो भने सदस्यहरुलाई उद्यमी बनाउन किसानले गरेको प्रयासको प्रशंसा गर्दै किसान जस्तो समुदायमा आधारीत सहकारीहरु उत्पादन संग जोडिनु पर्ने र नगरपालिकाले सहकार्य गर्न सक्ने कुरा प्रमुख अतिथी एवं नगर प्रमुख भिमलाल अधिकारलिे बताउनुभएको थियो । बर्तमान परिवेसमा हल्लाको पछाडी नलागी आफ्नो सहकारीमा अपनत्व प्रधान गर्न सदस्यहरुलाई सुझाव समेत अधिकारीले दिनुभएको थियो ।
यसैगरी संस्थाको सबल पक्षहरुको सराहना गर्दै पूर्ण वडको रुपमा वडा नं.१० घोषण भएको मा खुसि व्यक्त गर्दै सम्बन्धित सबैलाई वडा नं.१० का वडा अध्यक्ष रण बहादुर थापाले धन्यवाद दिनुभएको थियो भने उक्त कार्यक्रमको सहजीकरण संस्थाका सचिव सरस्वती कंडेलले गर्नु भएको थियो ।




















https://nepalpatranews.com/posts/8578

