किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

गैंडाकोट नगरपालिका वडा नं. ८ लाई पूर्ण किसान सदस्य वडा घोषणा कार्यक्रम सम्पन्न

April 2, 2024

गैंडाकोट नगरपालिका वडा न.८मा केन्द्रिय कार्यालय रहेको देशकै उत्कृष्ट सहकारी किसान वचत तथा ऋण सहकारी संस्था लि. ले आज मिति २०८० चैत्र २० गते ६७ औं राष्ट्रिय सहकारी दिवशका अवसरमा गैंडाकोट - ८ मा रहेको विजय आधारभुत विद्यालयमा एक भव्य कार्यक्रम आयोजना गरि गैंडाकोट वडा न. ८ लाई पूर्ण किसान सदस्य वडा घोषणा कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष श्री भोजराज पौडेलज्यूको अध्यक्षता, गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीज्यूको प्रमुख आतिथ्यता र गैंडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइरालाज्यू, नेफस्कून सञ्चालक समिति सदस्य गोपाल प्रसाद गौतमज्यूको विशिष्ट अतिथ्यता साथै विभिन्न वडाका वडाध्यक्ष, संघ संस्थाका प्रतिनिधी, वडाका जनप्रतिनीधी, टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधी, सञ्चालक समिती, विभिन्न उपसमितिका पदाधिकारी, शेयर सदस्य र कर्मचारी सहितको उपस्थितीमा विभिन्न साँस्कृतिक कार्यक्रम सहित सफलता पूर्वक सम्पन्न गरेको छ ।

कार्यक्रममा उपस्थित अतिथीलाई स्वागत विजयनगर सेवाकेन्द्र संयोजक एवं कार्यक्रम संयोजक डिलाराम सापकोटाले गर्नु भएको थियो भने कार्यक्रमको बारेमा संस्थाका निर्वतमान अध्यक्ष तथा समिति सदस्य श्रीहरि चालिसेले संस्थामा वडा नं. ८ अन्तर्गत ९६६ घरधुरी मध्ये ९४८ घरधुरीका सदस्यलाई संस्थामा सहभागी गराई २५ जना सदस्यबाट हालको दिनमा आऊँदा ८८ हजार सदस्य पुग्न सफल भएको र हाल संस्थाको पूजी करिव ४ अर्व पुग्न लागेको, ३ वटा प्रदेश, ४ जिल्लामा २६ वटा सेवाकेन्द्र बाट सेवा दिदै आएको संस्था, विभिन्न आरोह अवरोह पार गर्दै आजको कार्यक्रम सम्पन्न गर्न सफल रहेको बताउनु भएको थियो। हालको सहकारी प्रतीको गलत धारणा गलत सोचाइ रहेको बेला सदस्यको मझेरीमा पुगी वित्तिय र गैह्र वितिय कारोवार सहज र सरल रूपमा गर्नाले, यहाँ सम्म आउन सफल भएको जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रममा शुभकामना मन्तव्य टोलविकास संस्थाको तर्फबाट सञ्जालका अध्यक्ष शशिधर न्यौपाने, वडाको प्रतिनिधित्व गर्दै वडा नं. ८ का वडाध्यक्ष प्रेम सापकोटाले वडा न. ८ मा राष्ट्रिय अन्तराष्ट्रिय स्तरबाट समेत पुरस्कृत देशकै उत्कृष्ठ सहकारी किसान रहनु गौरवको रूपमा रहेको र स्थानीय निकायको सहकार्यमा कार्यक्रम गर्न समेत आग्रह गर्नु भएको थियो ।


पूर्ण वडा घोषणा कार्यक्रम अन्तर्गत सम्पूर्ण टोलविकास संस्थाका पदाधिकारीले घोषणा पत्रमा दस्तखत गरेको अभिलेखीकरण, वडा न. ८ का वडाध्यक्षज्यूले स्विकृतिका लागी नगरप्रमुखज्यूसँग पेश गरी उक्त अभिलेखीकरणमा नगरप्रमुखज्यूले स्विकृत गरी उक्त अभिलेखीकरण वाचन गरी वडालाई पूर्ण किसान वडा घोषणा गर्नु भएको थियो ।
कार्यक्रममा ११ वटा टोल विकास संस्थालाई सरसफाईका लागि डस्टविन र वाल क्लबहरुलाई खेलकुद सामाग्री वितरण समेत गरिएको थियो ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दे विशिष्ट अतिथी नेफस्कून सञ्चालक सदस्य एवं पूर्व अध्यक्ष श्री गोपाल प्रसाद गौतमज्यूले यस सहकारीले सदस्य मैत्री कार्यक्रमहरु सञ्चालन गर्नु, प्रविधीमैत्री रही कारोवार गरी आजको दिनसम्म आइपुग्दा संस्था देशकै गौरव गर्न लायक संस्थाको रूपमा रहेको बताउँदै संस्थाको इतिहास समेत बताउँदै शुभकामना व्यत गर्नु भएको थियो ।


विशिष्ट अतिथी गैंडाकोट नगरपालिका नगर उपप्रमुख शान्ति कोइरालाज्यूले नेपालमा सहकारीको इतिहास व्यक्त गर्दै समुन्नत समाजको विकासका लागि सहकारीले उल्लेखनीय योगदान रहेको बताउँदै महिला दिदीवहिनीहरुलाई थप उद्यमशीलतामा जोड्दै सहकारीले आफ्ना गतिविधि अगाडी बढाउन आग्रह गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथी गैंडाकोट नगरपालिका नगरप्रमुख मदनभक्त अधिकारीज्यूले यस नगरको गौरवको रूपमा रहेको किसान साकोसले सदस्यहरुको जीविकोपार्जनका विभिन्न कार्यक्रम सम्पन्न गर्नु, सदस्यहरुको साथ र सहयोगमा रही विभिन्न कृयाकलाप गर्नु र सदस्यहरुलाई संस्था प्रति आत्मसन्तुष्ट पार्न सक्नु नै यो संस्थाको सवल पक्ष रहेको बताउनु भएको थियो र सम्पूर्ण सदस्यलाई संस्था नीति, विधी र प्रविधिमा सञ्चालित भएकाले ढुक्क भएर कारोवार गर्न समेत आग्रह गर्नु भएको थियो ।


कार्यक्रममा राष्ट्रिय लोकदोहारी गायीका उमादेवी खनाल र दुर्गा सापकोटा मार्फत विविध सांगितिक प्रस्तुती गर्नु भएको थियो ।
आजको यस कार्यक्रमलाई सफल पार्न विजयनगर सेवाकेन्द्र अन्तर्गतका व्यवस्थापन समितीका पदाधिकारी, कर्मचारी लगायत कार्यक्रममा सहभागी हुने सम्पूर्ण अतिथी, शेयर सदस्यज्यूहरुलाई धन्यवाद दिदै संस्थाका अध्यक्ष भोजराज पौडेलले कार्यक्रमको समापन गर्नु भएको थियो ।
कार्यक्रमको सहजीकरण संस्थाका सचिव श्री सरस्वती कंडेलले गर्नु भएको थियो ।

May 3, 2024 @ 2:24 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram