किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

किसान साकोसको प्रभात फेरी : पूर्ण किसान सदस्य वडा घोषणा कार्यक्रममा सबैलाई आमन्त्रण

April 1, 2024

गैँडाकोट । किसान बचत तथा ऋण सहकारी संस्था लि.मीले आज प्रभात फेरी गरेको छ ।
६७औं राष्ट्रिय सहकारी दिवसको अवसरमा गैँडाकोट वडा ८ लाई पूर्ण किसान सदस्य वडा घोषणा गर्दै छ । सोही अवसरमा आज प्रभात फेरी गरिएको विजय नगर सेवा केन्द्रका संयोजक डिलाराम सापकोटाले जानकारी दिनुभयो । किसान बचतको केन्द्रिय कार्यलयबाट ४ बेलुकी बजे सुरु भएको मोटरसाईकल र‌्यालीमा गैँडाकोट ८ को सम्पूर्ण चोकहरुको परिक्रमा गर्दै गैंडाकोट नगरपालिका अगाडी आएर समापन भएको थियो ।

र‌्यालीमा संचालक समिति, विजयनगर सेवाकेन्द्र उपसमिति, कर्मचारी र सदस्यहरुको उपस्तिथी रहेको थियो । पूर्ण किसान सदस्य वडा घोषणा कार्यक्रम भोली मंगलबार २० गते विहान ११ बजे विजय आधारभूत विद्यालय, विजयनगर, गैंडाकोट ८ को प्रङ्गणमा, सम्पूर्ण सदस्यज्यूहरु र शुभचिन्तकहरुलाई संस्थाका अध्यक्ष भोजराज पौडेलज्यूले आमन्त्रण गर्दै, र्‌यालीका सहभागी सबैलाई धन्यबाद सहित कार्यक्रम समापन गर्नु भएको थियो ।

May 3, 2024 @ 2:24 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram