किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

४५००जना सदस्यहरुलाई वित्तिय साक्षरता तालिम सम्पन्न

April 25, 2024


किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यता केन्द्रित कार्यक्रम अन्तरगत वित्तिय तालिम सम्पन्न गरेको छ। २०८० फागुन १४ गते देखि सुरु भएको उक्त तालिम २४वटा सेवाकेन्द्रहरुमा २/२ दिन सञ्चालनमा रहेको थियो । डेड महिना लामो उक्त तालिमको सुरुवात संस्थाका अध्यक्ष श्री भोजराज पौडेलज्यूले सौर्हाद सेवाकेन्द्रबाट उद्घाटन गर्नुभएको थियो ।
तालिममा संस्थाको जानकारी, आम्दानी र खर्चको लेखाजोख, योजना, बजेट र लगानी, पारिवारिक बजेट तथा त्यसको अभ्यास, पैसा र पैसाको महत्त्व, बैदेशीक रोजगार, बचतको सुत्र, मानिसको आवश्यकता र चाहाना, संस्थाको मोवाइल बैंक सेवा लगाएतका सेवा सुविधाको जानकारी गराउँदै सदस्यहरुलाई कसरी समृद्धिको लक्ष्यमा पुर‌्याउन सकिन्छ, भन्ने अनुभुति तालिममा गराईएको थियो ।
शिक्षा उपसमितीको संयोजनमा सञ्चालित उक्त तालिममा तोकिएकोे सेवा केन्द्रहरुमा तोकिएका संचालकहरुको विषेश उपस्थिती रहेको थियो । डेढ महिना लामो तालिमको सहजीकरण शिक्षा उपसमिति संयोजक एवं पूर्व अध्यक्ष गोपाल प्रसाद गौतम, नि.वर्तमान अध्यक्ष संचालक समिति सदस्य श्रीहरी चालिसे, सचिव सरस्वती कडेंल, शिक्षा उपसमिति सदस्यहरु गिरी राज उपाध्याय र सुभ राना एवं बिभागिय प्रमुख प्रेम प्रसाद अधिकारी, वरिष्ठ सहायक यानी सरा गाहा र भरत प्रसाद पौडेलले सहजीकरण गर्नु भएको तालिममा सबै सेवाकेन्द्रहरुमा समूह संरचना कार्यक्रममा आवद्ध महिला सदस्यहरुको उत्साह पूर्वक उपस्थिति रहेको तालिममा कुल ४५०० सदस्यहरुको सहभागिता सहित समापन भएको थियो।

May 3, 2024 @ 2:24 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram