किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

विलम्ब दस्तुरमा २० प्रतिशत छुट सुविधा सम्बन्धी सूचना

May 14, 2023

हाल विश्वमा देखिएको आर्थिक मन्दिका कारण शेयर सदस्यज्यूहरुमा परेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै यस किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट विभिन्न शिर्षकमा ऋण सेवा लिई नियमित रुपमा किस्ताको साँवा, व्याज तथा विलम्ब शूल्क बुझाउन नसक्नु भएका ऋणी सदस्यज्यूहरुलाई सञ्चालक समितिको मिति २०८० बैशाख २७ गतेको निर्णय अनुसार नियमित रुपमा बुझाउनु पर्ने (किस्ता कटेको) हाल सम्मको साँवा, व्याज र विलम्व शूल्क यहि २०८० साल जेष्ठ मसान्त भित्र बुझाउनु भएमा विलम्ब दस्तुर (हर्जाना) मा २० प्रतिशत छुट गर्ने भनि निर्णय भएकाले समयमै आफ्नो ऋणको बुझाउनु पर्ने रकम बुझाई छुट सुविधा सदुपयोग गर्नुहुन सम्बन्धित सदस्यज्यूहरुमा जानकारीका लागि अनुरोध छ।

ऋण सेवा लिने बेलाको सम्झौता अनुसार नियमित रुपमा ऋणको साँवा र व्याज बुझाई थप आर्थिक भारबाट बचौ। वित्तिय शुशासन कायम गरौ।

May 3, 2024 @ 2:24 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram