किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

२४ वटै सेवाकेन्द्रमा किसान साकोसको विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

September 24, 2023

किसान वचत तथा ऋण सहकारी संस्थाको लिमिटेडको विस्तारीत मञ्च कार्यक्रम सम्पन्न गरेको छ।
असोज ५ गते सर्दि सेवाकेन्द्र र विष्णुनगर सेवाकेन्द्रमा तथा २२ वटा सेवाकेन्द्रमा विस्तारित मञ्च सम्पन्न भएको हो । सेवाकेन्द्र संयोजकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनीधी तथा समाजसेवीहरु प्रमुख अतिथी रहेका थिए ।

सञ्चालक समितिका पदाधीकारी, सेवाकेन्द्र व्यवस्थापन उपसमिती पदाधीकारी, समुह संरचना कार्यक्रम उपसमिती पदाधीकारी र कर्मचारी समेत उपस्थित रहेको विस्तारीत मञ्चमा १२ हजार सदस्यज्यूहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाको आ.व.८०/०८१ को बजेट, नीति तथा कार्यक्रम, सदस्यहरूको राय सुझाव संकलन तथा आगामी नेतृत्व चयनका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष श्रीहरि चालिसेले सहकारीका आगामी वर्षमा अपनाउने रणनिति, सदस्यहरूको संस्थाप्रतीको सुझाव र सहभागिता एवं आर्थिक एवं गैर आर्थिक गतिविधीमा नियन्त्रण र चासो राख्नुपर्ने दायित्व रहेको बताउनु भयो।

उहाँले सदस्यको नियन्त्रणमा रहेको किसान साकोस विगत २८ वर्षदेखी सदस्य केन्द्रित कार्यक्रममा केन्द्रीत रहेको र आगामी दिनमा पनि निरन्तर सदस्य केन्द्रीत रहने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

सदस्यज्यूहरुले निर्वाचन उपसमितीलाई विगतमा झैं सर्वसम्मत निर्वाचनको प्रकृया पुरा गर्न सुझाव समेत दिएको र संस्थाले उपलब्ध गराएका सेवाहरु समय सापेक्ष रहनुका साथै उत्कृष्ट समेत रहेको विचार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रत्येक सेवाकेन्द्रवाट आ.व.७९/८० मा उत्कृष्ट कारोवार गर्ने ११ जना सदस्य, उत्कृष्ट महिला समुह र सो समुहमा आवद्ध सदस्य, उत्कृष्ट कारोवार संस्थालाई पुरस्कार तथा सम्मान गरिएको थियो ।

साथै संस्थाले यसै अवसरमा ७० वर्षभन्दा माथीका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । संस्थाको असोज २० र २७ गते इकाई सभा सम्पन्न गर्ने र कार्तिक ३ गते प्रतिनिधीहरुद्वारा निर्णय पुस्तिका प्रमाणित गर्ने कार्यकम रहेको छ ।

May 3, 2024 @ 2:24 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram