किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

दोस्रो ईकाईगत साधारणसभा कावासोती डण्डामा सम्पन्न : किसान बचत २८औं वार्षिक साधारणसभा

October 15, 2023

किसान बचत तथा ऋण सहकारी सस्था लि. गैंडाकोटको २८ औं वार्षिक साधारणसभा अन्तर्गत २४ वटा सेवाकेन्द्रहरुको ईकाईगत साधारणसभा सम्पन्न भएको छ । असोज २७ गते थारू राष्ट्रिय संग्रहालय कावासोती डण्डामा दोस्रो ईकाईको र २० गते पहिलो ईकाईको गैंडाकोट एग्रोमार्ट परिसरमा गरि ईकाईगत साधारणसभा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष श्रीहरि चालिसेको अध्यक्षता र कावासोती नगरपालिकाका नगर प्रमुख श्री विष्णु प्रसाद भुसालको प्रमुख आतिथ्यता तथा विभिन्न संघ संस्था, जनप्रतिनीधीहरुको आथित्यतामा साधारण सभा सम्पन्न गरीएको हो ।

ईकाईगत साधारणसभामा ०७९/०८० को प्रगति र आगामी बर्षको नीति तथा कार्यक्रम संस्थाको सचिव सरस्वती कंडेलले पेश गर्नु भएको थियो भने आव ०७९/०८० को आय-व्यय र आगामी बर्ष ०८०/०८१ को अनुमानित बजेट तथा कार्यक्रम कोषाध्यक्ष राजेन्द्र गौतमबाट प्रस्तुत गरिएको वित्तीय विवरण अनुसार आव ०७९/८० को कुल सम्पत्ती ३ अर्ब ६२ करोड ८१ लाख ६३ हजार ४७२ रहेकोमा आ.व. o८०/८१ मा ४ अर्ब ४५ करोड पुर्‍याउने लक्ष्य प्रस्तुत गर्नु भएको थियो र खुद नाफा १० करोड ८३ लाख पुर्‍याउने प्रक्षेपण गर्नु भएको थीयो । आव ०७९/८० को लेखा तथा सुपरीवेक्षण समितीको प्रतिवेदन संयोजक चिन्तामणी कंडेलबाट प्रस्तुत गरिएको थियो ।
१२ औं नेतृत्व चयन कार्यक्रम अनुसार निर्वाचन उप समितीले आफ्नो सार्वजनीक गरेको कार्यतालिका अनुसार सर्वसम्मत नेतृत्व चयनका लागि प्रस्तुत गरिएको नामावली सर्वसम्मत रुपमा पारित भएको थियो ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव सरस्वती कंडेलले गर्नुभएको थियो भने उपाध्यक्ष भोजराज पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको हो ।
जिल्ला बचत तथा ऋण सहकारी संघ नवलपुरका उपाध्यक्ष बद्रि नेपालले सहकारीबाट लिएको ऋण तिर्नु नपर्ने अभियानको विरोध गर्नुपर्ने भन्दै साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि कावासोती नगरपालीकाका नगरप्रमुखबाट सहकारीको मुल-मर्मलाई आत्मसाथ गर्दे आगाडी बढेको यस साकोस नीति विधिबाट चलेको संस्थामा वित्तिय कारोवार गर्न डराउन नपर्ने र वित्तीय संस्थाबाट ऋण लिएर तिर्नु नपर्ने भन्ने अभियानको विरोधमा कावासोती नगरपालिका रहेको बताउँदै शुभकामना व्यक्त गर्नुभएको थियो भने सहकारीमा देखिएको समस्या, आर्थिक मन्दि लगायतका विविध समस्याका वावजुद पनी यस सहकारीले गरेको उपलब्धी अत्यन्तै सम्मान जनक रहेको व्यहोरा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा कर्मचारीबाट सहकारी गितमा स्वागत नृत्य, थारू लाठी नाच, चुड्का नांच, बाल सदस्यको सांस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरीएको थियो ।
संस्थाका अध्यक्षबाट विभिन्न १२ वटा प्रस्तावहरू निर्णायार्थ पेश गर्नु भएको थियो । उक्त प्रस्ताव उपस्थित सदस्यबाट सर्वसम्मत रुपमा पारित भएको थियो। साथै अब नेतृत्व चयनबाट आउने समितीको सफल कार्यकालको शुभकामना सहीत कार्यक्रमको समापन भएको थियो।
सो कार्यक्रममा विभिन्न संस्थाका प्रतिनीधी, संस्थाका सञ्चालक तथा विभिन्न उपसमितीका पदाधाकरीहरू, कर्मचारीहरू, संस्थाका सदस्यहरु समेतको उल्लेख्य उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

May 3, 2024 @ 2:24 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram