किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष श्री दामोदर अधिकारी बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम

January 26, 2024

मिति २०८० माघ १२ गते नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष श्री दामोदर अधिकारी र किसान बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापनको टिम सहित वधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम संस्थाका अध्यक्ष श्री भोजराज पौडेलज्यूको अध्यक्षतामा सम्पन्न भयो।

कार्यक्रममा बोल्दै संस्थाका निर्वतमान अध्यक्ष श्री श्रीहरि चालिसेले नवनिर्वाचित वरिष्ठ उपाध्यक्षलाई हार्दिक बधाई सहित यहाँहरुको कार्यकाल सहकारीमा थप आयाम सहित पुरा हुने, हाल सहकारीमा देखिएका नकारात्मक कुराहरुलाई चिर्दै सहकारी अभियान थप चुस्त दुरुस्त रुपमा बढ्ने शुभकामना प्रकट गर्नुभएको थियो ।

कार्यक्रममा नेफ्स्कून वरिष्ठ उपाध्यक्ष दोमोदर अधिकारीले नेफ्स्कूनले सहकारी अभियानलाई थप शशक्त रुपमा अगाडी बढाउन संस्थाले गरेका सहकारी विभाग सँगका सहकार्य, सहकारीहरु सुशासनमा सञ्चालन गर्न स्वनियम मार्ग निर्देशन लगायतका विषयवस्तुहरुलाई जोड दिँदै आफ्ना भनाई राख्नु भएको थियो।

कार्यक्रममा नेफ्स्कून सञ्चालक सदस्य गोपाल प्रसाद गौतम समेतको उपस्थित रहेको थियो कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष श्री भोजराज पौडेलज्यूले नवनिर्वाचित समिति लगायतको टिमलाई शुभकामना दिनुहुँदै सबैलाई सहकारी अभियानमा एकवद्ध भएर लाग्न अनुरोध गर्दे कार्यक्रमको समापन गर्नु भएको थियो ।

April 25, 2024 @ 3:23 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram