किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

एक्सेस कार्यक्रम बागमती दोस्रो समूहको ३६औं कार्यकुशलता एवं सिकाई व्यवस्थापन कार्यशाला गोष्ठी सम्पन्न

March 11, 2024

एक्सेस कार्यक्रम बागमती दोस्रो समूहको ३६औं कार्यकुशलता एवं सिकाई व्यवस्थापन कार्यशाला गोष्ठी किसान साकोसको आयोजनामा गैंडाकोट स्थित सहमती संस्थाको सभाहलमा २७ फागुन २०८०मा सम्पन्न भएको छ।
नवजागरण साकोस मनथली, रामेछाप, जनमुखी साकोस मैनापोखरी, दोलखा, हाम्रो जनकल्याण साकोस चरिकोट, दोलखा, बुडोल सामुदायीक साकोस काभ्रे, बनेपा, मिलिजुली कालिञ्चोक साकोस चरिकोट, दोलखा, मनकामना साकोस बनेपा, काभ्रे, शुभकामना साकोस, भक्तपुर, जनकल्याण साकोस, धादिङ्ग र किसान साकोस गैंडाकोट गरि १० वटा साकोस कलस्टरमा रहेका छन्।
किसान साकोस गैंडाकोटले आयोजना गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष चिन्तामणी सि आर कंडेलको अध्यक्ष्यता रहेको थियो भने प्रमुख अतिथि नेफ्स्कूनका संञ्चालक समिति सदस्य गोपाल प्रसाद गौतम, विशिष्ठ अतिथि जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष तिलक पराजुली, पूर्व अध्यक्ष एवं संञ्चालक समिति सदस्य श्रीहरि चालिसे लगायत सञ्चालक समिति सदस्यहरु, कलस्टर संस्थाका प्रतिनिधिहरु एवं प्रमुख कार्यकारी अधिकृत जिवलाल तिवारी सहित विभागिय प्रमुखहरुको सहभागितामा सिकाई आदान प्रदान गरिएको थियो।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव सरस्वती कंडेल गर्नु भएको थियो भने कार्यक्रमको सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत प्रेम वाग्लेले गर्नु भएको थियो।

https://imgur.com/gallery/zG6YBXw
April 25, 2024 @ 3:23 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram