किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

पहिलाे ईकाईगत साधारणसभा गैंडाकोटमा सम्पन्न - किसान बचत २८औं वार्षिक साधारणसभा

October 7, 2023

किसान बचत तथा ऋण सहकारी सस्था लि. गैंडाकोटको २८ औं वार्षिक साधारणसभा अन्तर्गत ११ वटा सेवाकेन्द्रहरुको गैंडाकोट एग्रोमार्टमा पहिलाे ईकाईगत साधारणसभा २०८० असोज २० गते सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष श्रीहरि चालिसेको अध्यक्षता र नेफ्स्कूनका लेखा तथा सुपरीवेक्षण समितिका संयोजक नवराज सापकोटाकाे प्रमुख आतिथ्यता तथा विभिन्न संघ संस्था, जनप्रतिनीधीहरुको आतिथ्यतामा साधारण सभा सम्पन्न गरीएको हो ।

ईकाईगत साधारणसभामा ०७९/०८० काे प्रगति र आगामी बर्षकाे नीति तथा कार्यक्रम संस्थाको सचिव सरस्वती कंडेलले पेश गर्नु भएको थियो भने आव ०७९/०८० आय-ब्यय र आगामी बर्ष ०८०/०८१ काे अनुमानित बजेट तथा कार्यक्रम कोषाध्यक्ष राजेन्द्र गौतमले वित्तीय विवरणमा आव ०७९/८० को कुल सम्पत्ती ३ अर्ब ६२ करोड ८१ लाख ६३ हजार ४७२ रहेकोमा आ.व. o८०/८१ मा ४ अर्ब ४५ करोड पुर्‍याउने लक्ष्य प्रस्तुत गर्नु भएको थियो र खुद नाफा १० करोड ८३ लाख पुर्‍याउने प्रक्षेपण गर्नु भएको थियो । आव ०७९/८० को लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक चिन्तामणी कंडेलले प्रस्तुत गर्नुभएको थियो ।
१२ औं नेतृत्व चयन कार्यक्रम अनुसार निर्वाचन उपसमितिले आफ्नो सार्वजनीक गरेको कार्यतालिका अनुसार सर्व-सम्मत नेतृत्व चयनका लागि प्रस्तुत गरिएको नामावली सर्वसम्मत रुपमा पारित भएको थियो ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव सरस्वती कंडेलले गर्नुभएको थियो भने उपाध्यक्ष भोजराज पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएकाे थियो।
कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कुनका लेखा सुपरीवेक्षण समिति संयोजक नवराज सापकोटाबाट सहकारीको मुल मर्मलाई आत्मसाथ गर्दे अगाडी बढेको, नेपाल संघिय गणराज्य भरीनै सहकारी अभियानलाई अगाडी बढाईरहेको यस संस्थाको नयाँ आउने नेतृत्वको सफल कार्यकालको शुभकामना व्यक्त गर्दे सहकारीमा देखिएको समस्या, आर्थिक मन्दि लगायतका विविध समस्याका बावजुद पनि यस सहकारीले गरेको उपलब्धी अत्यन्तै सम्मान जनक रहेको व्यहोरा व्यक्त गर्दे यस संस्था एक्सेसको गोल्डेन ब्रान्ड प्राप्त गर्न सकोस भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा थारू महिलाहरुको सांस्कृतिक प्रस्तुती, महिला समूहबाट सांस्कृतिक प्रस्तुती, सदस्यज्यूबाट कविता वाचन साथै गैंडाकोट इङ्लीश वोर्डिङ स्कूलको सहकारी सम्बन्धी नाट्य प्रस्तुती तथा स्मल हर्ट एकेडेमी, कन्टीनेटल बोर्डिङ स्कुल, सरस्वती वोर्डिङ स्कूलबाट सांस्कृतिक प्रस्तुती प्रस्तुत गरीएको थीयो ।
संस्थाका अध्यक्षबाट विभिन्न १२ वटा प्रस्तावहरू निर्णायार्थ पेश गर्नु भएको र उक्त प्रस्ताव उपस्थित सदस्यज्यूहरुबाट सर्वसम्मत रुपमा पारित भएको थियो।
साथै अब नेतृत्व चयनबाट आउने समितिको सफल कार्यकालको शुभकामना सहित कार्यक्रमको समापन भएको थियो।
सो कार्यक्रममा विभिन्न संस्थाका प्रतिनीधी, संस्थाका सञ्चालक तथा विभिन्न उपसमितीका पदाधाकरीहरू, कर्मचारीहरू, संस्थाका सदस्यज्यूहरु समेतको उल्लेख्य उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

किसान बचत तथा ऋण सहकारी सस्था लि. गैंडाकोटको २८ औं वार्षिक साधारणसभा अन्तर्गत दोस्रो ईकाईगत साधारणसभा २०८० असोज २७ गते थारु राष्ट्रिय संग्रहालय परिसर डण्डा बजार, नवलपुरमा सम्पन्न गर्ने भएको छ ।

May 3, 2024 @ 2:24 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram