किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

किसान साकोसद्वारा व्यवस्थापन उपसमितीलाई दुई दिने क्षमता तथा नेतृत्व विकास तालिम सम्पन्न

December 31, 2023

मिति २०८० पोष १४ र १५ गते किसान वचत तथा ऋण सहकारी संस्था लि को आयोजना र नेफ्स्कूनको प्राविधीक सहयोगमा २ दिने व्यवस्थापन उपसमितिको नेतृत्व तथा क्षमता विकास कार्यक्रम संस्थाका अध्यक्ष भोजराज पौडेलज्यूको अध्यक्षतमा सञ्चालन गरिएको थियो औपचारीक कार्यक्रम संस्थाका सचिव सरस्वती कंडेलले सञ्चालन गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष चिन्तामणी कंडेलले गर्नुभएको थियो।

कार्यक्रममा हालै सम्पन्न नेफ्स्कूनको निर्वाचनमा सञ्चालक समिती सदस्यमा निर्वाचीत हुनुभएका संस्था पूर्व अध्यक्ष गोपाल प्रसाद गौतम र नेफस्कूनका उपाध्यक्ष पदमा निर्वाचीत शान्ती अधिकारीलाई बधाई एवं सम्मान गरिएको थियो । औपचारीक कार्यक्रम पश्चात पहिलो दिनको पहिलो तालिमको शेशन संस्थाका निर्वतमान अध्यक्ष श्रीहरि चालिसेज्यूबाट उपस्थित उपसमितीका सदस्यहरूलाई संस्थाको वित्तीय अवस्था, ऋण लगानीको विधी प्रकृया, समूह संरचना कार्यक्रमको महत्व औचित्यता र प्रगतीका बारेमा जानकारी दिँदै सेवाकेन्द्र व्यवस्थापन उपसमितीको काम, कर्तव्य अधिकारका बारेमा समेतका महत्वपूर्ण विषयवस्तु जोडेर प्रशिक्षण गर्नुभएको थियो ।

यसै गरी नेफस्कून कार्यालयका प्रशिक्षक रविन्द्र श्रेष्ठबाट सहकारीको उत्पत्ती, मूल्य, मान्यता र सिद्धान्तका बारेमा प्रशिक्षण गर्नुका साथै पर्ल्सका आधारभूत मान्यता र ऋण सम्बन्धी कानूनी व्यवस्थाका बारेमा दोस्रो शेसनमा प्रशिक्षण गर्नु भएको थियो ।

दोस्रो दिनको दोस्रो सेसनमा संस्थाका पूर्व अध्यक्ष एवं शिक्षा समितिका संयोजक श्री गोपाल प्रसाद गौतम द्वारा सहभागीहरुलाई वर्तमान सहकारीको अवस्था र निर्वाह गर्नु पर्ने जिम्मेबारीको बारेमा प्रशिक्षित गर्नु भयो। प्रशिक्षक रविन्द्र श्रेष्ठबाट संस्थाको सेवा तथा उत्पादनको बारेमा जानकारी, सहकारी सञ्चालन सम्बन्धी ऐन नियम कार्यविधीका बारेमा जानकारी दिँदै संस्थालाई नीति विधि र प्रविधिमा सञ्चालन गर्न थप गर्नु पर्ने रणनीतिका बारेमा समूहहरु बनाई विभिन्न रणनितिहरु समेत तय गरिएको थियो।

कार्यक्रमको समापनमा पूर्वाध्यक्षहरु श्री माधव प्रसाद गौतमज्यू, जिल्ला सहकारी संघ नवलपरासी अध्यक्ष श्री तिलक प्रसाद पराजुलीज्यू र नेफ्स्कून संचालक सदस्य श्री गोपाल प्रसाद गौतमज्यूले शुभेक्षा प्रदान गर्नु भएको थियो भने अध्यक्ष श्री भोजराज पौडेलज्यूले तालिममा सिकेका कुराहरुलाई कारवन्यनमा ल्याई किसान साकोसलाई आगाडी बढाउन सबै लागि पर्नु पर्ने बताउदै कार्यक्रमको समापन गर्नु भयो।

विहान ९ बजेबाट साझ ४ बजेसम्म सञ्चालन भएको प्रशिक्षणमा सञ्चालक समिती, विभिन्न उपसमिती, सेवाकेन्द्र व्यवस्थापन उपसमिती र सेवाकेन्द्रमा गठीत अन्य उपसमिती सहित व्यवस्थापनको टिम सहीतको करिव १७० जना सहभागी रहनु भएको तालिम गैंडाकोट स्थित होटल द नारायणी रिसोर्टमा सञ्चालन गरिएको थियो ।

April 25, 2024 @ 3:23 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram