किसान अपडेट
" समृद्ध सदस्य दिगो साकोस"

वित्तिय साक्षरता कार्यक्रम २०८० सौहार्द सेवाकेन्द्र रत्ननगर नगरपालिकाबाट सुरु

February 27, 2024

किसान बचत तथा ऋण सहकारी संस्था लि.ले "समृद्ध सदस्य, दिगो साकोस" नारा सहित आफ्ना शेयर सदस्यज्यूहरुलाई वित्तिय साक्षरता २०८० कार्यक्रम २४वटै सेवाकेन्द्रहरुको लागि सुरु गरेको छ।

सौहार्द सेवाकेन्द्रको आयोजनामा २ दिने तालिमको पहिलो दिन ११५ जना सदस्यज्यूहरुको सक्रिय सहभागीतामा रत्ननगर १, चितवन स्थित हरिहर बैंक्यूएटको सभाहलमा कार्यक्रम उद्घाटन गरिएको छ ।

सौहार्द सेवाकेन्द्र संयोजक श्री जनार्दन सिम्खडाज्यूको अध्यक्षता, संस्थाका अध्यक्ष श्री भोजराज पौडेलज्यूको विशेष उपस्थिति सहित दिप प्रज्जवलन सहित समुद्घघाटन भएको उक्त कार्यक्रमको सहजकर्ता संस्थाका शिक्षा उप-समिति सदस्य श्री गिरिराज उपाध्यायज्यू र किसान महिला समूह संरचना प्रमुख श्री प्रेम प्रसाद अधिकारीज्यू एवं इन्चार्ज श्री भरत पौडेलले गर्नु भएको थियो।

कार्यक्रममा संचालक सदस्य श्री निरज रेग्मीज्यू, श्री पार्वती कुमारी बरालज्यू, प्रमुख कार्यकारी अधिकृत श्री जीवलाल तिवारीज्यू र सेवाकेन्द्र व्यवस्थापन उपसमिति सदस्य श्री शिव प्रसाद भुषालज्यू, श्री अम्बिका अर्यालज्यू, श्री अञ्जु घिमिरेज्यू, श्री सिता कंडेल सिल्वालज्यू, महिला समूह संरचना उपसमिति सदस्य गंगा कुमारी सापकोटाज्यू, सेवा केन्द्रका सल्लाहकार श्री चन्द्र प्रसाद नेपालज्यू, सल्लाहकार सदस्य श्री वेद प्रसाद पौडेलज्यूको विशेष उपस्थिति रहेको कार्यक्रममा सहभागीहरुलाई स्वागत मन्तव्य व्यवस्थापन उपसमिति सदस्य श्री लक्ष्मी पौडेलज्यूले गर्नु भएको थियो।

कार्यक्रममा संस्थाका अध्यक्ष श्री भोजराज पौडेलज्यू, संचालक समिति सदस्य श्री निरज रेग्मीज्यू र प्रमुख कार्यकारी अधिकृत श्री जिवलाल तिवारीज्यूले संस्थागत विषयहरु र वर्तमान परिदृष्यमा किसान साकोस सम्बन्धि सदस्यज्यूहरुको जिज्ञासालाई संबोधन गर्नु भएको थियो।

कार्यक्रम सौहार्द सेवाकेन्द्रका इन्चार्ज प्रभा घिमिरे कोईरालाले संचालन गर्नु भएको थियो।

April 25, 2024 @ 3:23 pm
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram